नेपालगञ्ज महोत्सवमा छाए ‘क्याप्टेन’ अनमोल



हाम्रो इकोनोमि

 

युवा स्टार अनमोल केसी यतिबेला फागुन १७ गतेदेखि प्रदर्शनमा आउने आफ्नो फिल्म ‘क्याप्टेन’ को प्रचार प्रसारमा व्यस्तत छन् ।

क्याप्टेन प्रचारका लागी अनमोल आइतबार नेपालगन्ज पुगेका थिए ।

जहाँ हजारौं दर्शकमाझ उनले आफ्नो फिल्मको प्रचार गरे ।

नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोल सहित क्याप्टेन निर्माण टिम पुगेको थियो ।

अनमोललाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको सुरक्षा व्यावस्थाका साथ अनमोललाई मञ्चमा उकालिएको थियो ।

महोत्सवमा अनमोल जाने मिति तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए ।

लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो ।

महोत्सवको मञ्चमा अनमोल र दर्शबिच क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो ।

यो सँगै दर्शकमाझ उनले क्याप्टेनको हिट गीत रहर छ सँगै बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए भने कृ को यति यति पानी गीत गाएका थिए ।

पहिलो पटक नेपालगन्ज पुगेका अनमोल दर्शकमाझ निकै छाए ।

उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंह सहभागी हुनेछन् ।

उनीहरुले पनि क्याप्टेन को प्रचार गर्नेछन् । भुवन, निरुता र अनमोल नाचेको गीत यसै साता रिलिज हुँदैछ ।

दिवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ फुटबल खेल सम्बन्धी हो । 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...