अमेरिकी राजदूतले प्रचण्डलाई भनेः भेनेजुएला वक्तव्यकै कारण सम्बन्ध बिग्रँदैन, भ्रमणको तयारी गर्नुस्



हाम्रो इकोनोमि

 

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले भेनेजुएलासम्बन्धी बक्तव्यकै आधारमा अमेरिका जाने कार्यक्रम स्थगित नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह गरेका छन्।

शनिबार (२६ माघ) भएको भेटमा राजदूत बेरीले त्यही बक्तव्यका कारण तय भइसकेको पारिवारिक भ्रमण स्थगित गर्दा गलत सन्देश जाने बताउँदै अमेरिका जाने योजना बनाउन आग्रह गरेका हुन्।

‘बक्तव्यकै कारण तय भइसकेको कार्यक्रम रोक्दा गलत सन्देश जान्छ’ राजदूत बेरीले प्रचण्डसँग भनेका थिए, ‘त्यसैले, अमेरिका जाने कार्यक्रम नरोक्नुस्, छिटो भन्दा छिटो कार्यक्रम बनाउनुस्।’

पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि प्रचण्ड माघ पहिलो साता अमेरिका जाने कार्यक्रम बनेको थियो। अमेरिका प्रस्थानका लागि प्रचण्ड परिवारले भीषा पनि लिइसकेको थियो।

तर, मौसममा आएको बदलावका कारण सीतासहित प्रचण्ड परिवार नै बिरामी भयो। त्यही कारण माघ पहिलो साता प्रचण्ड पत्नी सीतालाई लिएर अमेरिका प्रस्थान गर्न सकेनन्।

उपचारका लागि सीतालाई ललितपुरको सुमेरु अस्पतालमा राखिएकै बेला प्रचण्डले भेनेजुएलाको राजनीतिक घटनाक्रम र अमेरिकी संलग्नताको विषयमा बक्तव्य जारी गरेका थिए।

प्रचण्डको बक्तव्यमा भेनेजुएलाको आन्तरिक मामिलामा त्यहीँका जनताले निर्णय गर्न पाउनु पर्ने बताउँदै त्यहाँको सार्वभौमिकताको सम्मान गर्न अमेरिकासँग आग्रह गरिएको थियो।

प्रचण्डको बक्तव्य प्रकासन भएलगत्तै काठमाडौँस्थित अमेरिकी राजदूतावासले त्यस सम्बन्धमा सरकारको धारणा माग गरेको थियो। र, यसले सरकारलाई समेत अप्ठेरोमा पारेको थियो।

सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले १४ माघ र नेकपा केन्द्रीय सचिवालयले १८ माघमा बक्तव्य जारी गरे। पछिल्ला बक्तव्यका भाषा नरम भएपनि प्रचण्डकै बक्तव्यसँग मिल्दोजुल्दो थियो।

प्रचण्डसँगको शनिबारको भेटमा राजदूत बेरीले पनि नेकपा र सरकारले जारी गरेका तीन बक्तव्यको सार एउटै भएको बताउँदै असन्तुष्टि व्यक्त गरेका थिए।

प्रचण्डले चाहिँ भेनेजुएला सम्बन्धमा आफूले विज्ञप्ती जारी गर्नुको कारण बैचारिक भएको बताउँदै आफ्नो नियत अमेरिकासँगको सम्बन्ध बिगार्नु नरहेको स्पष्टिकरण दिएका थिए।

त्यहाँको आन्तरिक मामिलामा भएको हस्तक्षेप आफूहरुका लागि अस्वीकार्य भएको बताउँदै प्रचण्डले भेनेजुएलाको सरकार समाजवादी भएकाले आफूहरुको समर्थन रहेको बताएका थिए।

‘ती बक्तव्यकै आधारमा नेपाल-अमेरिकाबीचको सम्बन्धमा उतारचढाव हुँदैन’ राजदूत बेरीको भनाई थियो, ‘तर, त्यही बिषयका कारण हामीमाथि ठूलो आक्रमण भयो, त्यो जरुरी थिएन।’

‘तर बक्तव्यकै कारणले तपाईंहरुको अमेरिका भ्रमण रोकिएको हो भने उपयुक्त होइन’ राजदूत बेरीले थपे, ‘त्यसैले, छिटो भन्दा छिटो अमेरिका भ्रमणको कार्यक्रम बनाउनु होला।’

प्रचण्ड निकट स्रोतका अनुसार, पत्नी सीताको उपचारका लागि यसअघि प्रचण्ड व्यक्तिगत तवरमा अमेरिका जाने तयारीमा थिए, तर अब उनलाई अमेरिकाले नै निम्तो दिने सम्भावना छ।

‘यसअघि भ्रमण भएको भए त्यो स्वास्थ्य उपचारका लागि पारिवारिक खालको भ्रमण हुन्थ्यो’ स्रोतले भन्यो, ‘अब अमेरिकी निम्तोमा औपचारिक भ्रमण गर्ने सम्भावना बढेको छ।’

बाग्लुङ–२ बाट प्रतिनिधि सभा सदस्य रहेका नेकपा नेता देबेन्द्र पौडेलले पनि आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड चाँडै अमेरिका भ्रमणमा जाने बताएका थिए।

भेनेजुएलाको आन्तरिक राजनीतिका सन्दर्भमा प्रचण्डले निकालेको बक्तव्यका कारण नेपाल-अमेरिका सम्बन्ध चिसिएको चर्चा अहिले पनि हुँदैछ। तर, त्यही बक्तव्यका कारण अमेरिका-प्रचण्डबीचको सम्बन्ध मजबुत हुने प्रक्रिया आरम्भ भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...