आफूलाई जबर्जस्ती गर्न खोजेपछि बालिकाले हानेको रडले लागेर ‘हजुरबुवा’ को ज्यान गयो



हाम्रो इकोनोमि

 

तेह्र वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिकाले हानेको रडले ६५ वर्षीय हजुरबुवाको ज्यान गएको छ ।

आफूलाई जबर्जस्ती गर्न खोजेपछि नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रडले लागेर रामेछाप नगरपालिका वडा नम्बर –७, मुढाजोरका ६५ वर्षीय हजुरबुवाको ज्यान गएको हो ।

बिहीबार बिहान घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी नातिनीलाई हजुरबुवा पर्नेले नै जबर्जस्ती गर्न खोजेका हुन् ।

हजुरबुवाले बल प्रयोग गरेर लडाउन खोजेपछि बालिका हात फुत्काएर भाग्न सफल भएकी थिइन् ।

त्यसपछि बालिकाले आफ्नो घरमा आएर फलामको रड लिएर पूनः हजुरबुवाको घरतर्फ गएकी थिइन् ।

उनको घरमा पुग्नेबित्तिकै बालिकाले हजुरबुवालाई रडले हानेको र हजुरबुवाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको रडसहित बालिकाले प्रहरी चौकी रामेछापमा आत्मसमर्पण गरेकी छिन् ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा घटनास्थलमा प्रहरी पठाएको जानकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...