कोरियन भाषा परिक्षाको आवेदन मिति नजिकिदै,भाषा परिक्षामा व्यापक फेरबदल हुने,आवेदन अनलाइन बाट पनि भर्न सकिने,



हाम्रो इकोनोमि

 

कोरिया नेपाल अनलाइन खबर,सौल। रोजगार अनुमति प्रणाली (इपिएस)

अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन फागुन दाेस्राे साता खुल्ने भएकाे छ ।

इपिएस नेपाल शाखाका अनुसार काेरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेकाे छ ।

कोरिया सरकारले गत बर्ष नै यसबर्षका लागि आफ्नो देशमा आवश्यक पर्ने विदेशी कामदारकाे संख्या निर्धारण गरेको थियो।

त्यसैले नेपालले १० हजारभन्दा बढीकाे काेटा पाएको छ ।

नेपाली कामदाकाे कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै काेरियाले हरेक बर्ष काेटा बढाउदै आएको छ।

कामदार छनाेट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी पनि भइरहेकाे जनाइएकाे छ ।

वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जानकारी गराएकाे हाे ।

गतबर्ष सन(२०१८)का लागी फारम भर्ने समयावधि चैत्र ८ देखि १७ गतेसम्म १० दिनको समय तोकेको थियो।

भने परिक्षा गत जेठ २६ र २७ गते काठमाडौं र पोखरामा भएको थियो।परिक्षाको नतिजा भने गत असार १६ गते प्रकाशित भएको थियोे।

साथै परिक्षा हुने स्थल, केन्द्र, दिन तथा आफ्नो सिफ्टसम्बन्धी जानकारी गत जेठ १८ गते प्रकाशन भएको थियोे।

सन २०१७ देखिको भाषा परिक्षामा अनलाइन आवेदन प्रणाली सुरु गरेको एचआरडी कोरियाले फर्म भर्न लाइनमा बस्नु नपर्ने पनि जनाएको छ ।

देशैभरका जुनसुकै ग्लोबल आईएमई बैंकमा २४ अमेरिकी डलर करिब २४ सय रुपैयाँ जम्मा गरी तोकिने दिनभित्रमा आवेदन फर्म भर्न सकिने छ।

कति जान पाउछ्न त यो बर्ष ??

कोरियाले यसबर्षका लागि नेपाली कामदार कोटा १० हजार २ सय उत्तीर्ण गराउने जनाएको छ।यद्यपि तोकिएको कोटा भन्दा इपिएस शाखाले भवितव्यको लागि केही बढी संख्यामा उत्तीर्ण गराउदै आएको छ।

लागि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रतर्फ कति कति कोटा हो सो को बारेमा खुलाइसकेको छैन।

सन २०१९ देखि कोरियन भाषा परिक्षामा परिवर्तन,भाषामा कमजोर हुने पनि छानिन सक्ने:

त्यसगरी रोजगारको आकर्षक गन्तव्य मानिने कोरिया जान अब भाषा परिक्षा मात्र होइन थप क्षेत्र समेत थपिएको छ।रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न आउनेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ ।
यस अघि कोरियन भाषा परिक्षा पास गरि निर्धारित अंक ल्याउनेहरु योग्य मानेर छनोट गरिदै आइएको थियो ।

यसबर्ष(सन २०१९) देखी भने भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट नभइ सीप दक्षता र अनुभवलाई समेत अंक दिएर उत्कृष्टताको आधारमा कोरिया जान योग्य मानिने नियम बनाउन लागिएको छ।कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास (एचआरडी) कोरियाले जनाएको छ ।

तिन चरण गरेर अंक दिइने गतबर्ष नै सुचना जारी गरि बताइएको छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिने भएको छ । र तेस्रो उत्कृष्टताको आधारमा छनोट
दुवै चरणबाट आएको अंकलाई जोडेर सबैभन्दा धेरै कुल प्राप्तांक ल्याउनेलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिने भएको छ ।

अब कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने भएको छ।यो संगै अब भाषामा अलि कमजोर हुनेले पनि अन्य बिधामा क्षमता भएमा छनोटमा पर्ने र योग्य मानिने एचआरडिले जनाएको छ।
एचआरडीले कामदार ल्याउदै आएको १६ देशमा यो नियम लागू भइसकेको र नेपालमा महाभुकम्पका कारण रोकिएको यो प्रणाली यहि बर्ष देखि शुरु हुन लागेको हो।अब सीप परिक्षण अनिवार्य हुने भएको छ।साथै आगामी बर्ष(सन २०२०) देखि नै परिक्षा प्रणाली पनि परिवर्तन गरिने भएको छ।कागजी माध्यमद्वारा अर्थात पेपरबेस्ट(पिबिटी) का आधारमा हुँदै आएको परिक्षा आउदो बर्ष देखि कम्प्युटरका माध्यमद्वारा दिइने सिबिटि प्रणाली जस्तै कम्प्युटर माध्यमद्वारा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...