मलेसियामा उठेको पैसाले नेपाल फर्किनै हम्मेहम्मे, कार्यक्रममा सहभागी कलाकारलाइ पनि पैसा दिन नपुग्ने अबस्था भन्दै आयो येस्तो ट्वीट



हाम्रो इकोनोमि

 

 

धुर्मुस -सुन्तलिले मलेसियामा आयोजना गरेको कार्यक्रममा सोचेभन्दा एकदम थोरै पैसा उठेको छ।

 

डा. एलिया अर्यालको ट्वीट मार्फत भन्नुपर्दा कार्यक्रममा उठेको पैसाले प्लेनमा नेपाल फर्किन पनि हम्मेहम्मे पर्ने अबस्था देखिएको छ र कार्यक्रममा सहभागी कलाकारहरुलाइ पारिश्रमिक दिने रकम पनि उठ्न सकेको छैन ।

यो खबर धुर्मुस सुन्तली फाउन्डेसनका लागि अलि दुखद नै खवर हो किनभने तेत्रो ठूलो सन्कल्प बोकेर काम सुरु गरेको पहिलो कार्यक्रम मलेसियाबाटै उनिहरु निराश हुने अबस्था आयो भने, यो देशका निमित्त यो दुखद कुरा नै हुन सक्छ।

 

एक त धुर्मुस सुन्तलिले गर्ने यो कामको बिरोध नै बढी आएको छ किनकी बिकास निर्माणका काम उनिहरुले गर्ने भएसी सरकारको के काम अनि नागरिकको लगानी उठाएर गर्ने अनि सरकारलाइ हस्तान्तरण गर्ने भएसी के काम भनेर चर्को आलोचना भएको छ।


आफैले क्रीकेट खेलेरै देखाए मलेसियामा धुर्मुस-सुन्तलिले

चितवनमा बनाउने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान लिएर मलेसिया पुगेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले त्यहाँ नेपालीमाझ क्रिकेट खेलेका छन् ।

मलेसियामा आयोजित धुर्मुस–सुन्तली साँझका क्रममा सयौँ नेपालीलाई उनीहरुले हँसाएनन् मात्रै मञ्चमै क्रिकेट पनि खेले । बल र ब्याटसहित मञ्चमा उत्रिएका धुर्मुस–सुन्तलीले घरबाट परदेशिएर रोजगारीका लागि बसेका नेपालीलाई भरपूर मनोरञ्जन पनि दिए ।

उनीहरुसँगै दर्शकलाई मनोरञ्जन दिन लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई र चर्चित लोक गायिका सम्झना भण्डारी पनि पुगेका थिए । धुर्मुस–सुन्तली ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को गरेको हो ।

यस क्रममा क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको हो । दुई शोमा धुर्मुस–सुन्तलीको अभिनयलाई दर्शकले साथ दिनुका साथै मनोरन्जन पनि लिए ।

क्वालालम्पुर र पेनाङपछि फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै तीन अर्ब अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशालाका लागि मलेसियाबाट राम्रो सहयोग मिल्ने विश्वास धुर्मुस–सुन्तलीले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...