अब हामीलाई सहयोग रकम पुग्यो कृपया हामि जस्तै अरु पिडितलाई सहयोग गर्नुहोस : रुपा र कृष्ण(भिडियो)



हाम्रो इकोनोमि

 

भोलि के हुन्छ कस्लाई पो थाहा छ र ? अघिल्लो दिन विवाहको वर्षगाँठ, भोलिपल्ट अर्थात २६ गते जागिरमा कामको पूर्ण जिम्मेवारी पाउने दिन थियो ।

तर, जेठ २५ उनीहरुको जिन्दगीको कालो दिन बन्यो, नियति अर्कै बनेर आयो । रुपा र कृष्णको जिन्दगीमा बज्रपात भयो ।

त्यो दिन, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बखरिया भन्ने ठाउँमा ग्राहकहरुलाई विद्युतको लाइन प्रवाह गर्न कृष्ण पोलमा चढेका थिए ।

करिब–करिब तार जोड्ने काम सकिएको थिए ।

एक्कासि आएको ११ हजार भोल्टेजको करेन्टले उनी बेहोस हुँदै जमिनमा पछारिए ।

विद्युतको झड्काले पछारिएनन् मात्र, करेन्टले मृत्युको मुखमा लगेर छोड्यो ।

साँझको बेला, विद्युतको लाइन काटेर नै उनी पोलमा चढेका थिए ।

तर, अर्कैको गल्तीको सिकार भए कृष्ण ।

नजिकैको मिलवाला साहुले लाइन अन गरिदिएछन्, कृष्णलाई करेन्ट लाग्यो र जमिनमा बजारिए ।

साथमा सहयोगीहरु पनि थिए । तत्कालै एम्बुलेन्स बोलाएर कोहलपुर मेडिकल कलेज लगियो ।

उपचार सम्भव भएन, नेपालगञ्ज पुर्‍याइयो ।

त्यहाँ पनि उपचार हुन नसकेपछि भारतको लखनउ लगियो ।

त्यतिञ्जेल कृष्णको स्वास त फिर्ता भयो तर शरीर सग्लो नहुने देखियो ।

१८ दिनको लखनउमा ट्रमा सेन्टरको उपचारले कृष्णको अवस्थामा सुधार आएन । काठमाडौंबाट बेहोसीमै लखनउ पुगेकी उनकी जीवनसंगिनी रुपाले काठमाडौं ल्याइन् ।

कहिले ग्राण्डी त कहिले कीर्तिपुर अस्पतालमा लगिन् ।

लामो उपचारपछि निको त भए, तर उनका दुवै हात र एउटा खुट्टा काट्नुपर्ने भयो ।

रुपा जसोतसो सम्हालिने प्रयास गरिन्, कृष्णलाई अजम्बरी साथ दिनलाई गरेको

चा निभाउँदैछिन्, रुपाको साथले कृष्ण आफ्नो स्वास चलिरहेको बताउँछन् । अहिले उनीहरु काठमाडौंको कुलेश्वरमा छन् ।

कृष्णको दुवै हात छैनन्, देब्रे खुट्टा छैन ।

कृष्ण ओलीको उपचारको लागि सहयोग उठी रहँदा आज उनले सहयोग रकम पुगेको जानकारी दिएका छन्।

अब छिट्टै हात पनि हाल्ने तयारी हुन् लागेको बताएका छन्। केहि दिन अगाडी खुट्टा हालेका थिए उनले र बिस्तारै हिडडुल गर्न कोसिस गरी रहेको पनि बताएका छन्।

अब निको भएपछि आफू जस्तै अरुलाई पनि सहयोग गर्ने बताएका छन्। रुपा र कृष्णले सम्पूर्ण सहयोगी मन हरुलाई धन्यबाद समेत दिएका छन् ।

भिडियो मा उनीहरुले भनेका छन् नया अभियान नचलाउनु होला तर यो भिडियो भन्दा अगाडी उठेको सहयोग रकम भने स्विकार्ने छौ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...