प्रचण्डलाई नेकपा महासचिवले दिए यस्तो सुझाव, सरकारका बारेमा चिन्ता गर्नु पर्दैन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारका बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताएका छन् ।   पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअगाडि सरकारका कामकावाहीबारे प्रश्न उठाएको प्रति संकेत गर्दै पौडेलले  सरकार आफ्नो गतिमा अगाडि बढेकाले कुनै चिन्ता गर्न जरुरी नभएको बताए ।  यद्यपि सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढंगले सुझाव दिनुलाई अन्यथाका रुपमा भने लिन नमिल्ने उनको भनाई थियो ।

 

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो लुम्बिनीको २० औं साधारणसभा एवम् दशौं अधिवेशनलाई आज मणिग्राममा उद्घाटन गर्दै पौडेलले भेनेजुयला प्रकरणले नेकपाभित्र कुनै विवाद नरहेको पनि दावी गरे ।  पार्टी अध्यक्ष प्रचण्डले जारी गरेको वक्तव्य दुवै अध्यक्षको सहमतिमा ड्राफ्ट भएको र यसलाई सचिवालय बैठकले अनुमोदन गरिसकेकाले अनावश्यक रुपमा उचालिरहनु जरुरी नभएको उनको भनाई थियो ।

 

उनले भने, ‘भेनेजुयला प्रकरणले नेकपाभित्र विवाद रहेको कुरा सतहमा आएपनि यथार्थमा पाटीभित्र यो प्रकरणलाई लिएर कुनै विवाद छैन, सचिवालय बैठकले नै यस विषयमा पार्टीको धारणा स्पष्ट पारिसकेको छ ।’ शान्तिका नाममा धन्दा गर्न चाहनेहरुले पार्टीभित्र विवाद छ भनेर प्रचार गर्न खाजेको जिकिर गर्दै पौडेलले त्यो प्रयास कुनै पनि हालतमा पूरा हुन नसक्ने बताए ।

 

‘शान्तिका नाममा धन्दा गर्नेहरुको उद्देश्य अव पूरा हुन सम्भव छैन, सरकार आफ्नो गतिमा अगाडि बढ्छ’–पौडेलले भने ।  महासचिव पौडेलले मुलुकको विकासलाई तीव्रता दिन अव ठूला आयोजनाहरुको काममा ढिलाई गर्न नदिइने पनि बताए ।

 

कार्यक्रममा बोल्दै प्रदेश पाँच सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारका कामकारवाहीलाई रचनात्मक ढंगले आलोचना गर्नुपर्नेमा जोड दिँदै तथ्यमा आधारित रहेर खबरदारी गर्न आग्रह गरे ।

 

प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जनआन्दोलन, शान्ति र समृद्धिको एजेण्डामा सञ्चारमाध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै मुलुकको शान्ति र सम्मृद्धिमा थप भूमिका खेल्न आग्रह गरे ।

 

संस्थाका अध्यक्ष मोहन चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, संस्थाका पूर्व अध्यक्ष अर्जुन ज्ञवाली, उपाध्यक्ष दुजेन्द्र बस्नेत, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिनि भण्डारीलगायतले धारणा राखेका थिए ।  यसैबीच रेडियो लुम्बिनीको  साधारणसभा एवम् दशौं अधिवेशनवाट दुजेन्द्र बस्नेत अध्यक्षमा सर्वसम्मत चयन  भएका छन्  ।

 

अधिवेशनबाट उपाध्यक्षमा दुर्गाप्रसाद पाण्डे, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, सञ्चालक सदस्यहरुमा इन्द्रबहादुर सुनार, रामबहादुर बस्नेत, शारदा अर्जेल, रामचन्द्र पाण्डे, विष्णु प्रसाद पाण्डे, लोकनाथ पाण्डे, रामप्रसाद ढकाल, दिनेश रायमाझी, केशवराज गौतम उपाध्याय, टंकप्रसाद पाण्डे, देवी वाग्ले र मधुकला कुँवर चयन  भएका छन् ।  त्यस्तै लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे र सदस्यद्वयमा इश्वरी शर्मा र त्रिलोचन ज्ञवाली चयन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...