लन्डनमा सुरु भयो ‘सम्हालिन्छ कहिले मन’



हाम्रो इकोनोमि

 

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको लण्डनबाट सुरु भएको छ ।

करिब ५० दिनको छायांकन सेड्यूलको साथमा यसका कलाकार र निर्माण टिम केही दिन अघि लण्डन पुगेको थियो ।

चलचित्रको मुहर्त सट नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले दिएका छन् ।

चलचित्रमा आकाश र सोनमको साथमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र सुदर्शन थापाको निर्देशनमा तयार भैरहेको छ ।

निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा चलचित्रको छायांकन हुने जानकारी दिएका छन् ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ ।

अमित बस्नेतको लगानी रहेको चलचित्रमा अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेका छन् ।

चलचित्रमा परि राना र अजितकुमार थापा सह–निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

त्रिकोणात्ममक प्रेमकथामा तयार हुने चलचित्रमा महेश दवाडीको कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...