लन्डनमा सुरु भयो ‘सम्हालिन्छ कहिले मन’



हाम्रो इकोनोमि

 

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको लण्डनबाट सुरु भएको छ ।

करिब ५० दिनको छायांकन सेड्यूलको साथमा यसका कलाकार र निर्माण टिम केही दिन अघि लण्डन पुगेको थियो ।

चलचित्रको मुहर्त सट नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले दिएका छन् ।

चलचित्रमा आकाश र सोनमको साथमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र सुदर्शन थापाको निर्देशनमा तयार भैरहेको छ ।

निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा चलचित्रको छायांकन हुने जानकारी दिएका छन् ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ ।

अमित बस्नेतको लगानी रहेको चलचित्रमा अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेका छन् ।

चलचित्रमा परि राना र अजितकुमार थापा सह–निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

त्रिकोणात्ममक प्रेमकथामा तयार हुने चलचित्रमा महेश दवाडीको कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...