‘सारेगमप’ मा नेपाली बालकको धमाका , भारतीय जज नै रोए (भिडियो सहित)



हाम्रो इकोनोमि

 

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ ।

तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् ।

केही समय अगाडीमात्र भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप मा मेनुका पौडेलले आफनो आवाजबाट सबैलाई मन्त्रमुग्ध पार्न सफल भएकी थिईन् भने धेरै चर्चा पनि बटुलेकी थिईन ।

यसैबीच सारेगमपको नै अर्काे श्रृङखलामा अर्का नेपाली बालक प्रितम आचार्यले पनि आफनो गायनबाट जज र जुरीबाट वाह्वाही लुटेका छन् ।

शोको लागि नै मुम्बई पुगेका प्रितमले बोर्डर फिल्म सन्देशा आते है गीत गाउँदा जज र जुरीहरु तीन छक खाएका थिए ।

उनले जज तथा जुरीबाट मेनुका नै पाए । ११ बर्षीय प्रितमले गीत गाउँदा जज तथा जुरीले उचालेरै उनको थप हौसला बढाएका थिए ।

जजमध्यकी एक ऋचा शर्माले प्रितमकै लागि सारेगमपको मन्च भएको बताएकी थिईन् । यसैगरी अर्का जज अमाल मल्लिकले प्रितमको आवाज सुनेर रोएको बताए । उनले भने “म कमै मान्छेको स्वरमा रुने गर्छु तर तिमीले गाएको सुनेर १५ सेकेण्डमा नै मेरो आँखामा आसु आयो” । उनले जजबाट गोल्डन मेटल नै जितिसकेका छन् ।

कार्यक्रम प्रसारण हुनु भन्दा अघि नै प्रितमले गाएको उक्त गीत र प्रोमो सामाजिक सञ्जालमा निकै भाईरल भएका थिए । मेनुका प्रितमको आवाजले धेरैको मन जितेको छ । इटहरीका प्रितम हाल मेनुका छन् । मेनुका संगितमा माहिर प्रितमले नेपालको गौरव ढाका टोपी लगाएर भारतीय च्यानलमा गीत गाएको देख्दा हरेक नेपालीको मन गर्वले ढक्क फुल्ने गर्छ ।

https://www.youtube.com/watch?v=S8YIRd6sx2k

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...