खैरो हिरोइनसहित सेनाका जवान पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित नेपाली सेनाका एक जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका-१ का २४ वर्षीय ऐकेन्द्र शाही छन् ।

 

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीसहित घोडाघोडी नगरपालिका-६ का २३ वर्षीय कृष्ण भण्डारीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २२ ग्राम लागूऔषध बरामद भएको महाशाखाका एसपी सोमेन्द्र राठौरले पुष्टि गरेका छन् ।

 

स्रोतका अनुसार पक्राउ परेपछि शाहीले आफू ललितपुरमा कार्यरत् सैनिक जवान भएको खुलाएका थिए । उनीहरुले हिरोइन विक्री गर्ने उद्देश्यले काठमाडौं-२६ स्थित सगरमाथा गेष्टहाउसको कोठा नं. १०३ मा बसेका थिए ।

 

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरुको शरीरमा खानतलासी गरेर लागूऔषध बरामद गरेको थियो । उनीहरुलाई थप कारबाहीका लागि काठमाडौंं प्रहरी परिसर पठाइएको छ ।

 

गोंगबुमा १ लाख ५१ हजार रूपैयाँ नक्कली नोट भेटियो

काठमाडौंको गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले अनलाइनखबरसँग भने, ‘१ सय ५२ थान हजार दरको नोट बरामद भएको छ ।’

 

अनुसन्धान अधिकारीहरुका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।

 

हाल हिक्मत कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

प्रारम्भिक अनुसन्धानले उनीहरु मेनपावर एजेन्ट भएको देखिउको छ । उनीहरुले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ । ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई सचेत रहन समेत सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...