सिक्सर्सको आठौं विकेट गयो, अर्को विकेट पनि सन्दिपकै नाममा



हाम्रो इकोनोमि

 

सेमिफाइनल पुग्नको लागि जित्नैपर्ने दबाबका बीच समूह चरणको अन्तिम खेल खेलिरहेको मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सको आठौं विकेट लिएको छ । आठौं विकेटको रुपमा आउट भएका बेन ड्वार्सुइस पनि सन्दिपकै हातबाट आउट भएका छन् ।

बेन सन्दिपको बलमा कप्तान ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट भएका हुन् । १६९ रनको लक्ष्य पच्छ्याएको सिड्नी सिक्सर्सको लगातार विकेट गएपनि निकै कमजोर भएको छ ।

बिग बाश लिगमा सुरुका ४ खेलमा सबैमा क्याप्टेनको विकेट लिएका सन्दिपले यो खेलमा पनि क्याप्टेनलाई आउट गरे ।

यद्यपि क्याप्टेनलाई आउट गराउन क्याच लिएका सन्दिपको नाममा यो विकेट गएन । कप्तान मोइस हेनरिक्सलाई आउट गराउने बल मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले फालेका थिए ।

१६९ को लक्ष्य पच्छ्याएको सिक्सर्सको १२ ओभरमा ८ विकेट गइसकेको छ र स्कोर मात्रै ६५ रन छ । अहिलेसम्मको खेल हेर्दा मेलबर्न स्टार्स सेमिफाइनल पुग्ने पक्का देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...