सिक्सर्सको आठौं विकेट गयो, अर्को विकेट पनि सन्दिपकै नाममा



हाम्रो इकोनोमि

 

सेमिफाइनल पुग्नको लागि जित्नैपर्ने दबाबका बीच समूह चरणको अन्तिम खेल खेलिरहेको मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सको आठौं विकेट लिएको छ । आठौं विकेटको रुपमा आउट भएका बेन ड्वार्सुइस पनि सन्दिपकै हातबाट आउट भएका छन् ।

बेन सन्दिपको बलमा कप्तान ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट भएका हुन् । १६९ रनको लक्ष्य पच्छ्याएको सिड्नी सिक्सर्सको लगातार विकेट गएपनि निकै कमजोर भएको छ ।

बिग बाश लिगमा सुरुका ४ खेलमा सबैमा क्याप्टेनको विकेट लिएका सन्दिपले यो खेलमा पनि क्याप्टेनलाई आउट गरे ।

यद्यपि क्याप्टेनलाई आउट गराउन क्याच लिएका सन्दिपको नाममा यो विकेट गएन । कप्तान मोइस हेनरिक्सलाई आउट गराउने बल मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले फालेका थिए ।

१६९ को लक्ष्य पच्छ्याएको सिक्सर्सको १२ ओभरमा ८ विकेट गइसकेको छ र स्कोर मात्रै ६५ रन छ । अहिलेसम्मको खेल हेर्दा मेलबर्न स्टार्स सेमिफाइनल पुग्ने पक्का देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...