विवाहमा खुकुरी हानाहान, ४५ राउण्ड हवाई फायर, तीन प्रहरी घाइते
मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । शनिबार बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना स्थानीय घाइते भएका छन् ।
झडपमा परी इप्रका कपिलाकोटमा कार्यरत प्रहरी नायब निरीक्षक जीतबहादुर अर्याल, प्रहरी सहायक निरीक्षक राजन खड्का र प्रहरी जवान विनोदकुमार शाह घाइते भएका छन् ।
यस्तै प्रहरीले चलाएको गोली लागेर मरिण गाउँपालिका–६ निवासी ४० वर्षीय सार्कीमान मोक्तान घाइते भएका छन् । उनको दाहिने पातामा गोली लागेको छ । प्रहरी र स्थानीयबीचको झडपलाई रोक्न प्रहरीले ४५ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक सिंहले बताए ।
घाइते मोक्तानको कपिलाकोटस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलीखेल पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । घाइते प्रहरीहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यही माघ २४ गते मरिण गाउँपालिका–६ धमिले निवासी श्रीध्वज स्याङ्तानको विवाहमा सामान्य विवाद भएको थियो । प्रहरीका अनुसार सोही दिन विवादमा खुकुरी हानाहान हुँदा ५ जना घाइते भएका थिए ।
शङ्कर गोले र दोर्जे गोलेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले शुक्रबार नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न अन्यलाई नियन्त्रणमा लिने क्रममा झडप भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चलित्र कार्कीले बताए ।
कर्णालीको मुख्यमन्त्री शाहीमाथि ढुङगा प्रहार, लाग्यो डीआइजीलाई
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही माथी ढुङ्गा प्रहार भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा गृष्मा व्रोडकास्टिङ्ग प्रालिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मुख्य मन्त्री महेन्द्र बहादुर शाही माथी ढुङ्गा प्रहार भएको हो।
कार्यक्रमस्थलको अगाडि ड्यासमा बसेका मुख्यमन्त्री शाहिलाई निसाना बनाउदै हानिएको ढुङ्गा सँगै बसेका डिआईजि महेश बिक्रम शाहलाई लागेको स्थानिय देउतीखबर डटकमले जनाएको छ ।
ढुङ्गा प्रहार लगत्तै मुख्यमन्त्री शाहीले स्टेजमा गित गाइरहेका गायक रामकृष्ण ढकाललाई बिचमा रोक्दै आफ्नो छोटो सम्बोधन राखेर कार्यक्रम स्थलबाट बाहिरिए। मुख्यमन्त्री शाहिमाथि ढुङ्गा प्रहार भएपछि सुरक्षा ब्यबस्था कडा पारिएको छ । प्रहरीले मुख्यमन्त्री शाहीमाथी ढुङ्गा प्रहार गर्नेको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।


