फेरियो प्रचण्डको बोली, तनावमा ओली



हाम्रो इकोनोमि

 

सरकारको काम प्रभावकारी नभएको भन्दै सत्तारुढ दलभित्रबाटै विरोध सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सञ्चालन प्रभावकारी नभएको र पार्टी एकता प्रक्रियाले गति लिन नसकेको भन्दै असन्तुष्टि चुलिदै गएको छ । पार्टी एकता भएको नौ महिनासम्म प्रधानमन्त्री ओलीलाई साथ दिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीको खुलेरै आलोचना गर्नुभएको छ ।

 

खासगरी भेनेजुएलाको विज्ञप्ती प्रकरणपछि अध्यक्षद्धय ओली र प्रचण्डबीच तनाब बढ्दै गएको देखिन्छ । प्रधानमन्त्री ओलीले प्रचण्डले विज्ञप्ती निकाल्न हतारो गरेर चिप्लिएको भन्ने अभिव्यक्ति दिए पनि प्रचण्डले त्यसप्रति आफू अडिग रहेको भनाइ दोहो¥याएका छन् । एकतालाई टुंगोमा पु¥याउन गठित कार्यदलले काम गर्न नसकेर अनिर्णयको बन्दी भइरहेको बेला यी दुई अध्यक्षमा देखिएको विवादले एकता झन् जटिल र अन्यौल बन्दै गएको छ ।

 

दुई अध्यक्ष गम्भीरतापूर्वक लागेको भए एकताको गाँठो छिट्टै फुक्ने थियो, सचिवालयका एक सदस्यले भने,‘उहाँहरुकै स्वार्थका कारण कार्यकर्तामा निराश थपिएको छ ।’ नौ महिनासम्म पार्टीको सांगठानिक संरचनाले पूर्णता नपाउदा एकताले गति पक्रिन सकेको छैन, शीर्ष नेतृत्व नै मिल्नुपर्ने ठाउँमा अनावश्यक विवादमा अल्झिने गलत प्रवित्तिले थप अन्यौलता बढाएको छ, ती केन्द्रीय सदस्यले भने ।

 

केही समयअघि मात्र ओली सरकारको बचाउ गर्दै आउनुभएका प्रचण्डले नै सरकारको कडा विरोध गर्दै पुनः ठूलो युद्ध हुने चेतावनी दिएपछि नेकपाभित्र तरङ पैदा भएको छ । मिल्दै आएका यी दुईबीच देखिएको विवादले नेकपाभित्रै नयाँ प्रकारको अन्तरविरोध पेदा भएको छ । सचिवालयको बैठकपछि उहाँहरूबीच एकताबारे कुनै छलफल हुनसकेको छैन् ।

 

सचिवालय बैठकले पनि एकताको विधि तय गर्न सकेको छैन् । सरकार र पार्टी सञ्चालन एकलौटी रुपमा अगाडि बढाएको भन्दै आलोचित बन्दै आउनुभएका ओली थप अल्पमतमा पर्ने देखिएको छ ।

 

सचिवालयमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताले प्रचण्डलाई साथ दिने हो भने पार्टीमा ओलीलाई निर्णय गराउन निकै कठिनाई हुने सचिवालयका एक सदस्यले बताए । ती सदस्यले भने,‘सरकार र पार्टी सञ्चालन एकै व्यक्तिले गर्दा काम प्रभावकारी हुन सक्दैन, अब एक पद एक व्यक्तिको अवधारणाअनुसार अगाडि बढनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...