बल्झियो भारत-चीन सीमा विवाद, मोदीको अरुणाञ्चल भ्रमणमा चीन जनायो कडा आपत्ति



हाम्रो इकोनोमि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चीनले कडा आपत्ति जनाएको छ ।चिनिया विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै मोदीको भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउन सक्ने संकेत गरेको हो । विदेश मन्त्रालयका प्रवक्ता हुवा छुन्याइङले मोदी भ्रमणलाई लक्षित गर्दै आज जारी गरिएको विज्ञप्तिमा चीन र भातबीच सीमा क्षेत्र प्रष्ट रहेको भन्दै ‘सो कल्ड अरुणाञ्चल प्रदेश’ मा भारतीय नेताहरुको भ्रमणमा चीन सरकारको आपत्ति रहेको टिप्पणी गर्नुभएको छ ।

 

विदेशमन्त्री छुन्याइङले विज्ञप्ति जारी गर्दै भारतले दुई देशको साझा स्वार्थलाई ख्याल गर्नुपर्ने भन्दै चीनको मामिलामा सम्मान गर्नुपर्ने उल्लेख गर्नुभएको छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाञ्चल प्रदेशमा ४ हजार करोडको आधारशिला कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

 

मोदीले सरकारले यस क्षेत्रमा हाईवे, रेलवे, एयरवे लगायत विस्तारमा महत्व दिएको बताउनु भएको थियो । चिनियाँ पक्षको भनाइपछि नयाँदिल्लीबाट विदेश मन्त्रालयले अरुणाञ्चल प्रदेश भारतको भूभागबाट छुट्नै नसक्ने महत्वपूर्ण क्षेत्र रहेको भन्दै प्रतिक्रिया जनाएको छ ।

 

अरुणाञ्चल प्रदेशमा भारतीय नेताहरु यसअघि पनि पटक पटक भ्रमण गर्दैआएका छन् । चीनले भने अरुणाञ्चल प्रदेशको पूर्वी उत्तर भूभागलाई तिब्बतको क्षेत्र दावी गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...