प्रचण्डले ल्याएको तरंगले पार्टी फुट्दैन बरू गतिरोध तोड्छ



हाम्रो इकोनोमि

 

निर्वाचनमा गठबन्धन र पार्टी एकतायताको १६ महिनासम्म चुप देखिएका पुष्पकमल दाहालको यति कडा अभिव्यक्ति आउने अवस्था कसरी बन्यो ?

–अध्यक्षले बोलेको कुरामा खासै प्रतिक्रिया के दिऊ ! केही सोचेरै बोल्नुभएको होला । तर, पार्टी एकताले जुन गति लिनुपथ्र्यो । लिन सकेन । यसले कार्यकर्तामा मात्रै होइन, नेतामा पनि निराशा देखिन थालेको संकेतका रुपमा लिनुपर्छ । पार्टी एकता हुँदै गर्दा तीन महिनाभित्र सवै एकीकरण सक्ने घोषणा थियो । कार्यान्वयन हुन नसकेपछि कार्यकर्तामा निराशा देखिएको छ । त्यसको केही प्रभाव नेताहरुमा परेको हो कि जस्तो लाग्छ । नेताहरुको सार्वजनिक अभिव्यक्तिबाटै त्यसलाई बुझ्न सकिन्छ ।

 

पार्टी संगठनका विभिन्न तहबाट निराशाको भाषा बोलिनु र स्वयम् विगतका एउटा फ्याक्टरको सुप्रिमोबाट आएको अभिव्यक्तिलाई निराशाको अभिव्यक्ति भनेर मात्रै लिनु मिल्ला र ?
–अहिले त्यसभन्दा पर जानु हुँदैन । सोंच्नु पनि हुँदैन ।

 

तर, यो १६ महिनासम्म पूर्व माओवादीको भाषा बोल्नु भएको त थिएन, प्रचण्डले । यो परिस्थिति हो, एकाएक बोल्नुपर्ने ?

–परिस्थितिले उहाँलाई त्यहाँ पु¥याएको छ । यसअघि के विषयमा कडा बोल्ने ? एउटा अध्यक्षले सरकार चलाउनुभएको छ र एउटा अध्यक्षले पार्टी । उहाँहरुकै सल्लाहमा सरकार र पार्टी चल्दै आएको छ । अध्यक्ष प्रचण्ड फुल्ली पार्टी काममा हुनुहुन्छ । उहाँबाटै पार्टी एकतामा अझ तदारुकता आउनुपर्छ भन्ने हाम्रो पनि आशा हो । सायद, विविध कारणले सक्नु भएको छैन । यी सवै परिस्थितिले यस्ता अभिव्यक्ति दिनुपर्ने ठाउँमा पु¥याएकी जस्तो लाग्छ ।

 

प्रचण्ड सानातिना गुटबन्दी गरेर आएका नेता पक्कै होइन । लामो समय पार्टी नेतृत्व गरेर आएका हुन् । अहिलेको परिस्थितिलाई कुनै गुटबन्दी र नेता विशेषका रुपमा मात्रै लिन सकिन्छ ?

–मैले जे भने त्यही पार्टी हो भन्ने हेडक्वाटर प्रणालीबाट हुँदैन भनेरै पार्टी एकता भएको हो । ०६४ मा त्यस्तो अवस्थाको पार्टी ०७० मा यस्तो भयो । अव, ०७४ कहाँ पुग्ला भन्ने बुझाइले नै पार्टी एकता भएको होला । हुनत, अहिले नेकपामा पनि हेडक्वाटरकै अवस्था बन्ने अवस्था आएको छ । पार्टी प्रणाली भन्दा व्यक्ति हावी हुने ।

 

हामीले भन्दै आएका छौं । प्रणाली बलियो हुनासाथ नेतृत्व बलियो हुन्छ । फलानाले गर्दा पार्टी एकता भयो । फलानाले गर्दा बहुमत आयो भन्ने ठीक होइन, यसको विरोध हुँदै आएकै छ । अहिले त, प्रधानमन्त्रीले बोलेको कुरालाई पनि व्यक्तिको कुरा हो, संस्थागत निर्णय त सचिवालयले गरिसकेको छ भन्ने अवस्था आयो । यसले कमिटी प्रणालीलाई संस्थागत गर्न सकेका छौं कि छैनौं, पार्टीमा सवैको स्वामित्व लिन सकेका छौं त ? आजको समीक्षाको विषय हुनुपर्छ ।

 

पार्टी प्रणालीमा पार्टी चलेको थिएन, चल्नुपर्छ भन्ने कुरा भयो । तर, कार्यकर्ता तहमा अनिष्ट त्रास देखिन थाल्यो नि ?

–अनिष्टको बाटोतिर जादै जादैन । अनिष्टको उकाली–ओराली र घामछायाँ भोगेका नेताहरु हुनुहुन्छ । दूरदृष्टि देखेर पार्टी एकता गर्नुभएको छ ।

 

तर, विगतमा फुटको क्षतिबाट नेताहरू डराएका देखिएन । एउटै नेताको जीवनमा पनि त्यो भइरह्यो । अहिले चाँही सुध्रिसके भन्ने के आधार ?

–हिजो सैद्धान्तिक आधार र कार्यक्रम नै फरक थियो । तर, तत्कालीन एमाले र माओवादीले फरक भएर बस्नुको अर्थ थिएन । संविधान निर्माण भइसकेपछि सैद्धान्तिक आधार बनेको थियो । यसकारण पार्टी एकता भएको छ । अर्को, फुटको सिकाइबाट अहिले नेकपा बनेको हो ।

 

तर, विगतलाई हेर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीहरू अरु देशमा भएका घटनालाई हेर्ने दृष्टिकोणबारे विवाद गर्ने अनि पार्टी विभाजन गर्ने गरेकै हुन् । अहिले भेनेजुएलाको प्रकरण आयो ?

–कम्युनिस्टहरू अर्को देशको घटना हो भनेर आँखा चिम्लेर बस्दैनौं । यो अन्तरराष्ट्रियतावादको सिद्धान्त नै हो । अरु देशबारे बोलेको कुरालाई गलत ढंगले व्याख्या हुँदै आएको छ । हामीले हाम्रो सैद्धान्तिक आधार र राष्ट्रिय परिस्थितिलाई पनि ध्यान दिनुपर्छ ।

 

तपाइँले अव नेपालका कम्युनिस्ट पार्टी फुटको अवस्थातिर जाँदैन भन्नुभयो । तर, विगतमा तत्कालीन एमाले होओस् अथवा माओवादी केन्द्र सवै तथ्य र परिणाम बुझेर पनि फुटेका थिए ?

विवाहका बेला पारपाचुकेको कुरा धेरै गर्दैनन् । अहिले त्यतातिरको कुरा गर्दैनौं । अहिले पार्टीको एकता प्रक्रिया टुंग्याउने कुरा महत्वका हुन् । तर, कार्यशैली र अहिलेको परिस्थिति बदल्न जरुरी छ ।

 

पूर्वतिरका एउटा प्रसंग– बैठकमा कुनै कमरेडले रिर्पोटिङ गर्न थाल्नुभएछ । पार्टी बेलुकी फलाना ठाउँमा सुत्यो, बिहान यसो ग¥यो, दिउँसो यसो ग¥यो । कुरा के रहेछ भने रिर्पोटिङ गर्ने कमरेड पार्टी सचिव हुनुहुँदो रहेँछ । उनले जे–जे गरेको हो, त्यसैलाई पार्टीले ग¥यो भन्नु हुँदो रहेछ । अहिले त्यस्तै–त्यस्तै अवस्था अहिले नेकपामा देखिन थालेको छ ।

 

पार्टीको तल्लो पंक्ति अहिले नेतृत्वमा देखिएको समस्याबाट चिन्तित छन् । किन, नेतृत्वले यो तथ्य बुझ्दैनन् ?

–भावना नै बुझेनन् भन्ने त लाग्दैन । किनभने, वंशजको आधारमा उहाँहरु नेता बन्नुभएको होइन । केही परिस्थितिले उहाँहरुलाई अल्झाएको छ । व्यक्त अव्यक्त डरत्रास, प्राप्त पदहरुको सुरक्षाको चिन्तालगायतले खुलेर काम गर्न दिइएको छैन । वरिपरिको घेरा र घेराको सुरक्षाले एकता प्रक्रियालाई अवरोध पुगेको छ । तर, जति ढिलो हुन्छ उति धेरै नेतृत्वको आलोचनाको हुन्छ ।

 

अध्यक्ष केपी ओली आफू घेराबन्दीमा परेको, एकता भाड्ने शक्तिहरुको चलखेल भइरहेको कुरा गर्नु हुन्छ । को हो, यो शक्ति ?

–यो कुरामा पटक्कै विश्वास गर्दिन । हामीकहाँ आफ्नो अयोग्यता छोप्न तर्क गर्ने चलन छ । हिजो काम गर्न सकिएन भने दरबारतिर औला तेस्र्यान्थ्यो । दरबारले षडयन्त्र गरेको छ भनिन्थ्यो । यसपछि एकअर्का पार्टीलाई दोष दियौं । अनि, अर्को देशलाई दोष दिने काम भयो । यो एकदम गलत कुरा हो । तर, अहिले संस्कृति नै बनिसकेको छ । ढिलो गर्ने उहाँ, बैठक नबोलाउने उहाँ, संस्थागत नगर्ने उहाँ अनि खेल्ने अर्को हुन्छ ?

 

नेकपाका अध्यक्षले जस्तो अभिव्यक्ति दिनुभयो । यसले समाज र पार्टी पंक्ति तरंगित छ । यसलाई रोक्न केही गर्नुपर्छ कि आफैं मत्थर भएर जान्छ ?

–शान्त तलाऊमा सानो ढुंगा हान्दा पनि तरंग आउँछ । अध्यक्ष प्रचण्डको अभिव्यक्तिले तरंग ल्याएको छ । मलाई लाग्छ, कहिलेकाँही यस्ता तरंगले गतिरोधलाई तोड्नलाई मदत गर्छ । यो तरंगले पनि अहिलेको गतिरोधलाई तोड्ला भन्ने आशा गर्छु ।

 

शान्ति प्रक्रियाबारे लामो प्रसंग निकालेर माओवादी सकियो भन्ने सोचिएको छ भने फेरि माओवादी जन्मन्छ । त्यो भयानक हुन्छ भन्नुलाई शान्त तलाऊमा हानिएको सानो ढुंगा मात्रै भन्न सकिएला र ?

–यस्तो भयाबह रुपमा लिएको छैन । किनभने, उहाँले हामीले गर्न सकेनौं भने अर्को जन्मन्छ भन्ने अर्थमा भन्नुभएको हो । यसलाई नकारात्मक रुपमा लिन जरुरी छैन ।

 

माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, भीम रावल हुँदै अव त अध्यक्ष प्रचण्ड नै केपी ओलीप्रति असन्तुष्ट देखिनुभयो । यसले गतिरोध तोड्ने भन्दा पनि गतिरोध सिर्जना गर्ने त हुँदैन ?

–यति धेरै नेताहरुले ठीक भइरहेको छैन है भन्नुको अर्थ पार्टीको शीर्ष तहमै चासो र चिन्ता बढेको छ । अध्यक्षले नै बोलेपछि त गम्भीरतापूर्वक लागौं है भन्ने विषय नै आउला । एकता प्रक्रियाले गति बढाउला भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...