मलेसियामा भिख माग्दै धुर्मुस-सुन्तली, रंगशाला बनाउने जग्गा अदालमा मुद्धा



 

काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस-सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले दर्शकको मन जितेका छन्।

 

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको छ।

 

टोलीमा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन्। यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ-२०७५’ को आयोजना गरेको हो।

 

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो सो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ। उक्त दुई सोमा धुर्मुस–सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोर मनाेरञ्जन लिएका हुन्। उनीहरूसँगै टोलीमा रहेका गायक गायिकाले पनि दर्शकको मन जितेका छन्।

 

अब अब क्वालालम्पुर र पेनाङपश्चात् फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुने टोलीले जनाएको छ। झन्डै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि मलेसियाबाट राम्रो साथ-सहयोग पाउने विश्वास धुर्मुस–सुन्तलीले व्यक्त गरेका छन्।

 

नेपालीमा एउटा भनाइ छ–गाई त आइन् तर …खाएर । राम्रो चिजको सुरुवात हुँदा पनि नराम्रो चिज ग्रहण भयो भने त्यो भन्दा दुर्भाग्य अरु केही हुन्न भन्ने अर्थ यसले राख्छ । त्यस्तै भएको छ अहिले नेपाली क्रिकेटका फ्यानहरूलाई ।

 

नेपाली क्रिकेटका लागि नेपालमा एउटा पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला छैन । त्यसले गर्दा नेपाललाई ठूला प्रतियोगिता आयोजना गर्नलाई नै सकस भएको छ । यस्तोमा नागरिकस्तरबाट चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बन्ने भएको छ ।

 

हाँस्य कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली (श्रीमान्÷श्रीमती)को सामाजिक संस्था ‘धुर्मुस सुन्तली फाउन्डेशन’ले रंगशाला बनाउने जिम्मा लिएकाले पनि यो रंगशाला बन्ने देखिएको हो । २०७२ सालको भूकम्पपछि यो जोडीले थालेको फाउन्डेशनले विभिन्न वस्तीहरू निर्माण गर्दै आएकाले रंशगाला निर्माणको जिम्मो पनि पूरा गर्ने विश्वास गरिएको हो ।

 

तर, चितवनको उक्त जग्गा विवादित र मुद्दा परेको जग्गा रहेछ । यो जग्गाा चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको रोहवरमा त्यो जग्गा रहेको छ । त्यसमा किचलो छ ।

 

यस्तो जग्गामा दुवै विश्वविद्यालयका उपकुलपतिलाई राखेर भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेशनलाई दियो । उसले अदालतको कुनै पनि कुरा सुन्न खोजेन । राजनीतिक बलमा यो रंगशाला निर्माणका लागि स्वीकृति दिइएको हो ।

 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक प्राध्यापकले भने– ‘गलत हो भन्ने थाहा छ । बल मिच्याइँ भइरहेको छ । राम्रो काम हो भन्ने पनि थाहा छ । त्यसैले हामीले विरोध गर्ने हो भने सामाजिक सञ्जालमा हाम्रो चर्को आलोचना हुन्छ । तर प्रक्रिया पु¥याएर दिइएको भए राम्रो हुन्थ्यो ।’

एकातिर सरकारले एउटा पनि राम्रो काम गरेको छैन भनेर चर्को आलोचना भइरहेको अवस्थामा २०७५ माघ १६ गते बुधबार राजधानीमा भब्य कार्यक्रमको आयोजना गरी फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रक्रिया नपु¥याइ शुरु गरिएको

 

काम रोकियो भने सरकारले के गर्छ ? 

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा धुर्मुस र महानगरकी मेयर रेनु दाहालले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रंगशाला निर्माणमा सरकार सहयोगी बन्ने बताएका छन् ।

 

त्यस्तै प्रचण्डले रंगशाला निर्माणका क्रममा पार्टीले पूर्ण सहयोग गर्ने बताए । उनी चितवनकै प्रतिनिधिसभा सांसद हुन् । अनि नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पनि पार्टीले रंगशाला निर्माणका लागि चाहिने सबै किसिमका सहयोग गर्न तयार रहेको बताए ।

 

सत्ताधारी र प्रतिपक्षी दलहरू मिलेपछि जस्तासुकै काम पनि गर्न सक्छन् । तर, यसपटक प्रक्रिया नै पूरा नभएको जग्गामा सत्ताधारी र प्रतिपक्षी मिलेर नयाँ अध्याय थालेका छन् । यसका लागि कानूनले रोकेन । तर अदालतबाट पनि केही न केही त स्वीकृति लिनु पर्ने होला नि ?
अर्कातर्फ तीन अर्ब रुपैयाँको लागत देखाइएको छ । यो रकम कसरी जुट्छ ? हुन त यसअघि जति पनि आवास निर्माणका लागि फाउन्डेशनले व्यक्ति तथा संस्थाहरूको सहयोगबाटै गर्न सफल भयो । सरकारले सघाएन । यो आधारमा धुर्मुस सुन्तलीको जोश र इमानदारिता हेरेरै पनि सहयोग जुट्ने निश्चित छ ।

 

तर, यति गम्भीर विषयमा पनि ठट्टा गर्ने प्रधानमन्त्री ओलीको बानी नगएकाले उनी यो मामलामा पनि गम्भीर छैनन् भन्ने स्पष्टै छ । हरेक विषयमा राजनीति गर्नाले काम अलपत्र भइरहेको सन्दर्भमा खेलकुदमा राजनीति नगर्न गरिएको आग्रहमा प्रधानमन्त्री ओलीले भने, ‘खेल र राजनीतिको सम्बन्ध अन्योन्याश्रित छ । तत्कालीन अवस्थामा खेल जितेर (लिगलिगे दौड) राजा हुने परम्परा थियो ।’

 

भरतपुर १६ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्ने भएपछि त्यो स्थानमा खुशीयाली छाएको छ । स्थानीयहरूका भुईँमा खुट्टा छैनन् । तर प्रक्रिया नपु¥याइ काम गर्दा अवरोध आए त्यसको जिम्मा कसले लिने ? सरकारले कानून हातमा लिए के होला ? यो प्रतिष्ठामा सरकारले सहजीकरण गरे राम्रो हुने थियो ।

 

खेलाडीले खेलकै छन् । नेपाली खेलाडीले पनि एक एक दिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमान राखिरहेका छन् । सरकारले बदनाम नगरोस् । दुई वर्षभित्र पूरा गर्ने भनिएको काम पूरा होस् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त

बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष