नयाँ प्रेमीसँग दिल्लीमा मस्ती गर्दै साम्राज्ञी



हाम्रो इकोनोमि

 

चलचित्र छायाँङ्कनको विश्रामको समय चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाहले प्रेमीका लागि दिएकी छन् ।

अहिले उनी नयाँ प्रेमीसँग भारतको नयाँदिल्लीमा रमाइलो गरिरहेकी छिन् । चलचित्र ‘मारुनी’ को छायाँङ्कन कार्य केहि समयका लागि रोकिएको मौकालाई छोप्दै साम्राज्ञी प्रेमीसहित नयाँदिल्ली पुगेकी हुन् । विगतमा आफ्नो ‘लभ अफेयर’ जोडिंदा र तोडिंदा समेत उति मुख खोल्न मन नगर्ने साम्राज्ञी अहिले आफ्नो अफेयरका बारेमा खुल्ला हुन थालेकी छन् ।

मयंक खड्कासँगको लामो प्रेम समबन्धलाई तोडेकी साम्राज्ञी अहिले देवांशु जंगबहादुर राणको प्रेममा छिन् । केहि समयअघिदेखि अफेयरमा जोडिएकी साम्राज्ञीले यो सम्बन्धका बारेमा लुकाउन आवश्यक ठानेकी छैनन् ।

त्यसैले त दिल्लीका दिनलाई उनले दिलैदेखि उल्लासका साथ बिताइरहेको आभाष मिल्छ । अहिलेको सम्बन्धकाबारे उनको यो खुल्लापनले साम्राज्ञी निकै गम्भिर रहेको अनुमान लगाउन खासै गाह«ो पर्दैन । अहिले सिने क्षेत्रमा साम्राज्ञीको प्रेम सम्बन्धले पनि विशेष चर्चा पाइरहेको जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...