रेखाको आक्रोश : आफु अरबौका सुबिधा लिने राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ?



हाम्रो इकोनोमि

 

सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय अगाडि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने प्रावधानको कार्यान्वयनमा सरकार उत्रेको हो । सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने व्यवस्था छ।३३ केजी सुन छिर्ने बिमानस्थलबाट बदेशमा गरिबले बगाएको पसिना छिरे भन्दै कडा अलोचना भएको छ ।

त्यही अनुसार निजी गुण्टा, झिटि, भारी सम्बन्धी सूचना जारी गरेको झण्डै अढाइ वर्षपछि गत सातादेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसमा गरिएका व्यवस्थालाई कडाइका साथ लागु गरेको जनाएको छ।

 

यात्रुहरूले तोकिएकोभन्दा बढी सामान ल्याउने चलन बढ्दै गएपछि त्यसमा कडाइ गरिएको अधिकारीहरूको भनाइ छ। कडाइ गरिएको १ सातामा सबैभन्दा बढी विभिन्न ब्राण्डका मदिरा जफत भएको छ।

 

यसैबिच नायिका सामाजिक सञ्जालमा नायिका रेखा थापाले एक स्ट्याटस लेख्दै सरकारी यस्तो कदमको विरोध जनाएकि छन् । उनले लेखेकि छन्, ‘जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ।

 

हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु।’

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...