बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गर्छुः मन्त्री गिरी



हाम्रो इकोनोमि

 

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उहाँले भन्नुभयो, ‘‘यस प्रदेशमा औद्योगिक व्यापारका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको र वैजनाथ नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणले थप सहयोग पुग्ने छ । ”

मन्त्री गिरीले भन्नुभयो, “संसारकै सर्वश्रेष्ठ गन्तव्य मानसरोवरको प्रवेशद्वारका रुपमा समेत नेपालगञ्ज रहेकाले मानसरोवरमा आस्था राख्ने छिमेकी मुलुक भारतका धार्मिक पर्यटकलाई नेपालगञ्जमा बस्ने वातावरण तयार गर्न प्रदेश सरकारले योजना बनाएको छ ।”

उहाँले बाँके र बर्दियालाई आर्थिक पर्यटन क्षेत्रको प्याकेजको रूपमा जोड्न बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा खुला नाट्यशाला निर्माण गरिने र बाँके राष्ट्रिय निकुञ्जलाई थप व्यवस्थित गरिने बताउनुभयो ।

घरेलु तथा साना उद्योग प्रवद्र्धन र उत्पादन बजारीकरणका लागि मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष समरबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...