क्रिकेट रंगशाला बनाउन मलेसियामा भिख माग्दै धुर्मुस-सुन्तली



हाम्रो इकोनोमि

 

काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस-सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले दर्शकको मन जितेका छन्।

 

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको छ।

 

टोलीमा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन्। यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ-२०७५’ को आयोजना गरेको हो।

 

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो सो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ। उक्त दुई सोमा धुर्मुस–सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोर मनाेरञ्जन लिएका हुन्। उनीहरूसँगै टोलीमा रहेका गायक गायिकाले पनि दर्शकको मन जितेका छन्।

 

अब अब क्वालालम्पुर र पेनाङपश्चात् फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुने टोलीले जनाएको छ। झन्डै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि मलेसियाबाट राम्रो साथ-सहयोग पाउने विश्वास धुर्मुस–सुन्तलीले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...