ओली धनगढी गएनन् थापाले राजिनामा गर्लान त ?



हाम्रो इकोनोमि

 

के गर्छस मंगले आफ्नै ढंगले भन्ने उखान सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले भोग्नु परेको छ । प्रसंग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली धनगढी जाने विषयको हो । ओली धनगढी जाँदा प्रदेश अध्यक्ष थापाकै उपलव्धी हुने थियो उनले नै त्यसको जस पाउथे पनि । तर बढी जान्ने भएर ओली आउने कार्यक्रम व्यवस्थापन गर्नकालागि हावादारी कमिटी बनाउन खोजेपछि कार्यक्रम नै रोकिएको छ । कोही चाहिदैन ओली मैले जे भन्यो त्यही मान्छन भनेर पूर्व माओवादी पक्षलाई ध्वास दिदै खासै नाम नसुनिएका व्यक्तीहरुको झुण्डलाई विभिन्न समितिमा राख्न खोजेपछि प्रदेश बैठक विथोलिएको थियो ।

 

बैठकमा परिचित अनुहार राखौ भन्दा पनि उनले मानेनन स्रोतले भन्यो त्यस्तै त्यस्तै कारणले विवाद भयो र ओली आएनन् । एक सदस्यका अनुसार सहइन्चार्ज लक्ष्मण जोशीको बुद्धीमताले जवरजस्ती बैठक स्थगित नगरिएको भए बैठकमा हात हालहाल हुने स्थिति सृजना भएको थियो । वैठकमा पूर्व एमाले निकटहरु मध्ये पनि सीमित व्यक्तीको मात्रै उपस्थिति रहेको थियो । बैठक प्रदेश इन्चार्ज भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्टलाई जानकारी नदिएरै गरिएको थियो । जवकी रावल र भट्ट उपस्थिति पहिलो बैठकले प्रधानमन्त्री ओलीलाई धनगढी ल्याउने योजना तय गरेको थियो ।

 

ओली धनगढी नआउने पक्का भएपछि ल्याएरै छोड्छु आउनन् भने पदबाटै राजिनामा दिन्छु भन्दै काठमाडौ आएका अध्यक्ष थापाले पटकपटक प्रयास गर्दा पनि ओली भेट्न पाएका छैनन् । काठमाडौ पुग्ने वित्तिकै उनले आफू पक्षिय केन्द्रीय सदस्य र अगुवा नेताहरुको भेला गरेका थिए । २६ जनाको उपस्थिति रहेको सो बैठकमा थापाले आजै प्रधानमन्त्री भेट्छु, प्रधानमन्त्री जाँदा सबै एकजूट भएर क्रियाशिल हुनुपर्ने आवश्यक भएको बताएका थिए वैठकमा पूर्व एमाले नै बढी उपस्थित थिए । भने पूर्व माओवादीबाट रेणु चन्द उनका डिभोर्सी पति टेकेन्द्र भट्ट र दीपक साउद उपस्थित थिए ।

 

ओलीलाई धनगढी ल्याउने भन्दै सम्पूर्ण ब्यापारीलाई चन्दाकालागि दवाव दिएका थापाका गतिबिधिका बिषयमा पार्टी अध्यक्ष एवं प्रधानमंत्रीले पूर्व सूचना प्राप्त गरेपछि धनगढी जाने कार्यक्रम स्थगन गर्नु भएको थियो । आफ्ना गतिविधीले ओली रोकिएपनि उनले ओली रोक्ने काम प्रदेश इन्चार्ज भीम रावलले गरे भन्दै हिडेका छन ।

 

काठमाडौको एक साप्ताहिकमा पनि रावलका कारण ओली आएनन् भनेर उनले लेखाएका छन । थापाले ओलीको भ्रमण स्थगित हुन अघि ओलीलाई धनगढी आउनबाट कसैले रोक्न सक्दैन भन्ने गरेका थिए । थापा पार्टी काममा जहिले यस्तै गर्ने भएकोले झलनाथ खनाल अध्यक्ष हुँदा सेती अञ्चल इन्चार्जबाट हटाइएका थिए । अरुलाई नैतिकताको पाठ सिकाउदै हिड्ने थापा दुई विहे गरेका कारण पाटीको साधारण सदस्यबाट समेत कार्वाही परिसकेका व्यक्ती हुन ।

 

अबाञ्छित गतिविधी गरेको उजुरी परेपछि ओलीले नै शुशिल कोइरालाको मन्त्रीमण्डलबाट थापालाई जानकारी नदिएरै बर्खास्त गराएका थिए । तीन पटक पार्टीको कार्वाही भोगेका थापालाई चौथो पटक पनि कार्बाही हुने अनुमान सुदूरपश्चिमेहरु गर्न थालेका छन । पहिले ओलीले थापालाई निक्कै माया गर्ने गरेका थिए । उनका गतिवीधि थाहा पाएपछि मन्त्रीबाट हटाए त्यसपछि ओलीसंग उनको राम्रो सम्वन्ध छैन ।

 

त्यही कारण विगतमा गल्ती भयो भनेर उनी नेता माधव नेपालको शरणमा रुदै पुगेको चर्चा छ । पहिले कहिल्यै वास्ता नगर्ने थापाले गएको दशैमा नेपालसंग टीका लगाएका थिए । नेपालसंग सम्वन्ध सुधार भएको देखेपछि भीम रावलले नै उनलाई प्रदेश अध्यक्ष बनाएका थिए । सिंहदरवारको गुटको बैठकमा पत्रकार एकिन्द्र कुँवरले प्रदेश बैठकका सबै छलफल फेसवूकबाट सार्वजनिक गरेको भन्दै भेट्ने वित्तिकै कुटिदिने बताएका थिए । थापाले कुट्छु भन्ने भनेको सूचना पाएपछि कुँवरले छोएर देखाउनु त्यसपछिको परिणाम थाहा होला भन्ने स्टाटस राखेका छन ।

 

ओलीको धनगढी भ्रमण नहुँदा निराश भएका थापाले स्थायी समिति सदस्य लेखराज भट्टलाई भेटेका छन । भेटमा उनले ओलीसंग भेर्टौ र धनगढी लैजाने वातावरण बनाउ भन्ने प्रस्ताव राखेका थिए तर भट्टले सिनियर बसेर छलफल गरेर लैजाउ भन्ने जवाफ दिएको स्रोतको भनाइ छ । ओली माघ २० गते धनगढी गएर प्रदेशस्तरिय कार्यक्रर्ता भेला र सुदूरपश्चिम प्रदेशको प्रदेश सभालाई सम्वोधन गर्ने कार्यक्रम थियो । भने २१ गते बहुचर्चित सुदूरपश्चिम महोत्सवको उदघाट्न गर्ने योजना थियो ।

प्रतिक्रिया दिनुहोस
सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...