जेलमा रहेका माननीय रेशम चौधरीज्यूका तीन श्रीमती



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का प्रतिनिधिसभाका सांसद एवम् सहमहामन्त्री रेशमलाल चौधरीले टीकापुर हत्याकाण्ड मच्चाएर भूमिगत भएका बेला तेस्रो पत्नी विवाह गरेको रहस्य बाहिर आएको छ ।

 

कैलालीको टीकापुर घटनामा नाबालकसहित नौ जना सुरक्षाकर्मीको सामूहिक हत्या गरेको घटनामा मुख्य आरोपीका रुपमा जेलमा रहेका चौधरीका तीन वटा पत्नी रहेको स्रोतले जनाएको छ ।पहाडे मूलकी पहिलो पत्नीबाट बच्चाको जन्म नभएपछि चौधरीले दोस्रो श्रीमती विवाह गरेका थिए ।

 

चौधरीले पहिलो पत्नी (जेठी) सँगको सल्लाहमै आफ्नै थर (थारु) की महिलालाई विवाह गरेका थिए ।त्यसपछि चौधरीले दुबै पत्नीलाई कैलालीमै राम्रै व्यवस्था गरेर राखेका थिए । टीकापुर हत्याकाण्ड भएपछि फरार भएका बेला राजपाका नेता एवम् सांसद चौधरीले प्रेम विवाह गरेको खुलासा भएको छ ।

 

तीन वटी पत्नीका पति चौधरी अहिले काठमाडौंको डिल्लीबजार कारागारमा जीवन विताइरहेका छन् । चौधरीलाई भेट्न तीन वटै पत्नी पालैपालो जेलमा आउने गरेको स्रोतको भनाइ छ ।

 

भूमिगत भएका बेला विवाह गरेकी कान्छी पत्नीसँग चौधरीको सम्बन्ध धेरै नजिक रहेको एक आफन्तले बताए । मीठो बोल्ने क्षमता भएका चौधरीका तीन पत्नीका बारेमा राजपा नेपालका शीर्षनेताहरूलाई समेत थाहा छैन ।

 

तर, केही दिन अगाडि राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्यले सांसद चौधरीको पक्षबाट वकालत गर्दै आएका अधिवक्तालाई फोन गरेर पत्नीहरुको बारेमा सोधीखोजी गरेको स्रोतले जनाएको छ ।

 

सांसद चौधरीका कानून व्यवसायीले तीन पत्नी रहेको खबर सुनाएपछि राजपा नेपालको बबरमहलस्थित पार्टी मुख्यालयमा ठूलो खैलाबैला भएको थियो । नेपाली सेनाका उच्च अधिकारीका साथै राणा परिवारसँग निकट सम्बन्ध राख्ने सांसद चौधरीलाई भूमिगत भएका बेला गीतकार सिन्धु राणाले संरक्षण गरेको आरोप पनि लागेको थियो । नेपाली सेनाका तत्कालीन प्रधानसेनापतिद्वय स्व.सत्चितशम्शेर राणा र गौरव शम्शेर राणालगायतले संरक्षण गरेको आरोप लागेको थियो । यूनाइटेड पोष्ट साप्ताहिकबाट

 

श्रीमती आफन्तकोमा गएको मौका पारी १२ वर्षीया छोरीमाथि बलात्कार

 

श्रीमती आफन्तको घर गएको मौका पारी अर्घाखाँचीका एक व्यक्तिले आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेका छन् ।  शीतगंगा नगरपालिकाको वडा नम्बर–६, आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको सिकार भएकी हुन । श्रीमती घरमा नभएको बेला डर त्राश देखाएर छोरी बलात्कार गर्ने बाबुलाई निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

 

श्रीमतीका अनुसार श्रीमानले आफू घरभन्दा टाढा आफन्तको घरमा गएको बेला छोरी र श्रीमान मात्र घरमा भएको मौका छोपी डर त्राशसमेत देखाई १२ वर्षकी छोरीलाई राति बलात्कार गरेका हुन ।

 

आफ्नै श्रीमान भए पनि कानुन बमोजिम कार्बाही गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना बाहिर आएको हो । आफ्नै बाबु भएकाले आरोपीको नाम, थर, वतन गोप्य राखी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...