मलेसियामा सहयोग संकलन गर्दै धुर्मुस–सुन्तली



हाम्रो इकोनोमि

 

 

चितवनको भरतपुर महानगरपालिका १६, रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि प्रक्रिया सुरू भएसँगै धुर्मुस–सुन्तलीलगायत कलाकारको टोली रकम संकलन कार्यक्रमका लागि मलेसिया प्रस्थान गरेका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशाला निर्माणको सहयोगका लागि मलेसियाका विभिन्न स्थानमा हुने ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ–२०७५’ मा सहभागी हुन धुर्मुस–सुन्तलीलगायत चर्चित कलाकारहरु बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी मलेसिया प्रस्थान गरेका हुन् ।

रंगशाला निर्माणका लागि नै सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ गर्न लागेको हो । कार्यक्रम फेबु्रअरी ५ देखि १० सम्म तीन अलग राज्य क्वालालम्पुर, पेनाङ र जोहोरबारूका मुख्य सहरमा फेब्रुअरीको पहिलो साता पर्ने चाइनिज नयाँ वर्षमा उनीहरुले मनोरञ्जन दिने भएका हुन् ।

कार्यक्रम क्वालालम्पुरको कोतारायास्थित दिवान मारियमानमा फेब्रुअरी ५ मा, पेनाङ राज्यको सेन्ट आनिज चर्चमा फेब्रुअरी ६ र जोहोरबारूको न्यूयोर्क होटलमा फेब्रुअरी १० मा हुने आयोजक सिटी एक्सप्रेसका मलेसिया प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए ।

रंगशालाको निर्माण घोषणासँगै सहयोग जुट्ने क्रम जारी छ । यसअघि नै एस ट्राभल्सले तीन करोड दिने घोषणा गरेको थियो । त्यसैगरी, अल्का अस्पतालले २५ लाख, रविराज सिंहले ११ लाख, कृष्ण आचार्यले पाँच लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट पाँच लाख, चितवन उद्योग सघंले ५१ लाख, उद्योग वाणिज्य संघ–चितवनले २१ लाख, अक्सफोर्ड कलेज गैँडाकोटले ७ लाख ७ हजार ७७ रूपैयाँ सहयोग गर्ने भएका छन् ।

त्यस्तै, हास्यटेलिश्रृंखला भद्रगोल टिमका तर्फबाट एक लाख, कलाकार बद्रि पंगेनीले एक लाख, प्याब्सनकी दीपिका थापाले एक लाख १० हजार, मह सञ्चारले एक लाख पाँच हजार दिने घोषणा गरिएको छ ।

डीपीआर शुभारम्भकै क्रममा भरतपुर महानगरपालिका वडा नं १३ का अध्यक्ष प्रकाश दवाडीले २५ लाख, आशा अस्पतालकी डा. शारदा कुँवरले १० लाख, चितवन क्रिकेट संघले २ लाख ५ हजार ५ सय ५५, प्रदेशसभा सदस्य गीता वाग्लेले एक लाख एक हजार एक सय, मेगा बैंक नारायणगढले एक लाख १११, भरतपुरका ओमबहादुर रावलले ५० हजार नगद तथा सहयोगको प्रतिबद्धता जनाएका थिए ।

यस्तै, भरतपुर महानगरपालिकाको स्वागत कार्यक्रममा उपस्थित सहयोगीहरुबाट एक लाख ७५ हजार ४५७ रूपैयाँ सहयोग संकलन भएको छ । सातौँ वालिङ महोत्सव–२०७५ मा उपस्थित दर्शकहरुबाट ५९ हजार ४२६ रूपैयाँसमेत सहयोग संकलन भएको छ ।

नमुना नेपालका लागि स्वदेश तथा विदेशबाट ३६ लाख ८६ हजार ३३१ रूपैयाँ ७४ पैसा संकलन भएको धुर्मुसको भनाइ छ । धुर्मुस–सुन्तली फाउन्डेसनलाई मात्रै भनेर हालसम्म प्राप्त दुई करोड नौ लाख २८ हजार ७८२ रूपैयाँ क्रिकेट रंगशालाका लागि खर्चने उनले बताए ।

‘कोषमा रहेको उक्त रकम पनि गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशालालाई खर्चेर निर्माण कार्यलाई अगाडि बढाउने निर्णय लिएका छौँ’, उनले भने । रंगशालाको प्रारम्भिक तयारी र सर्वेका लागि ०७४/७५ मा भएको खर्च २३ लाख १४ हजार २११ रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...