बालुवाटार वा सिंहदरबार जहाँ भए पनि निर्मलाका हत्यारालाई छोडिन्न : गृहमन्त्री



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तका हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सांसदहरुले राखेको ‘निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमा छन् ?’ भन्ने प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यो प्रकरणमा सरकारले गम्भीर भएर अनुसन्धान गरिरहेको जानकारी गराएका छन् ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो जवाफ दिएका हुन् । गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...