गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्नः निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरबारका कुर्सीमा छन्?



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारले निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाही गर्न नसकेको बताएकी छन्।बुधबार प्रतिनिधि सभामा गहृ मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिन पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले सरकार हत्यार पत्ता लगाउन लागि परेको र अनुसन्धानमा धेरै प्रगति भएको बताए।

 

‘यसकारले हत्या भएको लामो समयसम्म पनि हत्यार पत्ता लगाउन सक्दैन’, सांसद संग्रौलाले गृहमन्त्रीमाथि प्रश्न गर्दै भनिन्, ‘हत्याराहरु बालुवाटार र सिंहदरबारको कुर्सीमा छन?’

 

प्रश्नको जवाफमा गृहमन्त्री थापाले अनुसन्धान जारी रहेको र निर्मलालाई न्याय दिलाउन सरकार गम्भीर रहेको बताए। उनले अनुसन्धानमा लागेका प्रहरीले लापरबाही गर्ने प्रहरी अधिकृतलाइृ कारबाही गरिएको भन्दै हत्यार जहाँ भए पनि उम्कन नसक्ने दावी गरे।

 

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच ‘वान टु वान’ वार्ता, के-के भयो कुरा ?

 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच ‘वान टु वान’ भेटवार्ता भएको छ ।  माघ १८ गते प्रधानमन्त्रीको उपस्थितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको ब्रिफिङमा अनुपस्थित भएका राजदूत बेरी मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

 

दक्षिण अमेरिकी मुलुक भेनेजुयलाबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको वक्तव्य र त्यसपछि आएको सरकारको धारणासँग असन्तुष्ट रहेको अमेरिकाका राजदूत र प्रधानमन्त्रीको भेटघ वान टु वान रुपमा भएको हो ।

 

झण्डै आधा घण्टाको भेटवार्तामा के–के विषयमा कुरा भयो भन्ने विषयमा प्रधानमन्त्री कार्यालय र काठमाडौंस्थित अमेरिकी दूतावासले खुलाएका छैनन् । ‘उहाँहरू दुई जनाको मात्र भेट भएकाले के कुराकानी भयो भन्ने थाहा भएन,’ बालुवाटार स्रोतले भन्यो ।

 

मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदबारस्थित कार्यालयमा बेलायतका राजदूत रिचार्ड मोरिस, फ्रान्सका राजदूत फ्रंसोआ जाविये लेजे र साउदी अरबका राजदूतसँग औपचारिक भेट वार्ता गरेका थिए ।

ती भेटवार्ताका क्रममा सरकारको परराष्ट्र नीति र चैतमा हुन लागेको लगानी सम्मेलनबारे छलफल भएको थियो । यसअघि माघ १८ गते परराष्ट्र मन्त्री ज्ञवालीले काठमाडौंस्थित विदेशी नियोगका प्रमुखहरूलाई नेपालको कूटनीति र लगानी सम्मेलनबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...