प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच ‘वान टु वान’ वार्ता, के-के भयो कुरा ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच ‘वान टु वान’ भेटवार्ता भएको छ ।  माघ १८ गते प्रधानमन्त्रीको उपस्थितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको ब्रिफिङमा अनुपस्थित भएका राजदूत बेरी मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

 

दक्षिण अमेरिकी मुलुक भेनेजुयलाबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको वक्तव्य र त्यसपछि आएको सरकारको धारणासँग असन्तुष्ट रहेको अमेरिकाका राजदूत र प्रधानमन्त्रीको भेटघ वान टु वान रुपमा भएको हो ।

 

झण्डै आधा घण्टाको भेटवार्तामा के–के विषयमा कुरा भयो भन्ने विषयमा प्रधानमन्त्री कार्यालय र काठमाडौंस्थित अमेरिकी दूतावासले खुलाएका छैनन् । ‘उहाँहरू दुई जनाको मात्र भेट भएकाले के कुराकानी भयो भन्ने थाहा भएन,’ बालुवाटार स्रोतले भन्यो ।

 

मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदबारस्थित कार्यालयमा बेलायतका राजदूत रिचार्ड मोरिस, फ्रान्सका राजदूत फ्रंसोआ जाविये लेजे र साउदी अरबका राजदूतसँग औपचारिक भेट वार्ता गरेका थिए ।

 

ती भेटवार्ताका क्रममा सरकारको परराष्ट्र नीति र चैतमा हुन लागेको लगानी सम्मेलनबारे छलफल भएको थियो । यसअघि माघ १८ गते परराष्ट्र मन्त्री ज्ञवालीले काठमाडौंस्थित विदेशी नियोगका प्रमुखहरूलाई नेपालको कूटनीति र लगानी सम्मेलनबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...