प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच ‘वान टु वान’ वार्ता, के-के भयो कुरा ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच ‘वान टु वान’ भेटवार्ता भएको छ ।  माघ १८ गते प्रधानमन्त्रीको उपस्थितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको ब्रिफिङमा अनुपस्थित भएका राजदूत बेरी मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

 

दक्षिण अमेरिकी मुलुक भेनेजुयलाबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको वक्तव्य र त्यसपछि आएको सरकारको धारणासँग असन्तुष्ट रहेको अमेरिकाका राजदूत र प्रधानमन्त्रीको भेटघ वान टु वान रुपमा भएको हो ।

 

झण्डै आधा घण्टाको भेटवार्तामा के–के विषयमा कुरा भयो भन्ने विषयमा प्रधानमन्त्री कार्यालय र काठमाडौंस्थित अमेरिकी दूतावासले खुलाएका छैनन् । ‘उहाँहरू दुई जनाको मात्र भेट भएकाले के कुराकानी भयो भन्ने थाहा भएन,’ बालुवाटार स्रोतले भन्यो ।

 

मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदबारस्थित कार्यालयमा बेलायतका राजदूत रिचार्ड मोरिस, फ्रान्सका राजदूत फ्रंसोआ जाविये लेजे र साउदी अरबका राजदूतसँग औपचारिक भेट वार्ता गरेका थिए ।

 

ती भेटवार्ताका क्रममा सरकारको परराष्ट्र नीति र चैतमा हुन लागेको लगानी सम्मेलनबारे छलफल भएको थियो । यसअघि माघ १८ गते परराष्ट्र मन्त्री ज्ञवालीले काठमाडौंस्थित विदेशी नियोगका प्रमुखहरूलाई नेपालको कूटनीति र लगानी सम्मेलनबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...