यौन पेसामा मार्केटिङको नयाँ शैली– ए हजुर कता, जाडोको मसाज यता !



हाम्रो इकोनोमि

 

‘ए हजुर कता, जाडोको मसाज यता…’ रत्नपार्कको आकाशे पुलमाथि माक्र्स लगाएका केही थान महिला आजभोली यसरी भेटिन्छन् । हरेक सामान ९९ रूपियाँ भनेजस्तै वेश्यावृत्तिको मार्केटिङ पनि फरक शैलीमा सुरु भएको छ ।

 

व्यस्त समयमा गन्तव्यतिर हिँडेका युवालाई आकर्षित गर्नका लागि मार्केटिङको यस्तो शैलीले व्यापकता पाउन थालेको हो । विभिन्न समूहमा सडकमा समेत उभिएका महिला ग्राहक आकर्षित बनाउनका लागि यस्तो शैलीमा बोलिरहेका भेटिन्छन् । ‘मसाज गर्नचाहिँ कति लिन्छौ ?’, ग्राहकको प्रश्नको खुलेर उत्तर दिँदै ति महिला भन्छिन्,‘सबै खर्च कटाएर एक हजार रूपैंया नगद !’

 

महानगरीय प्रहरी कार्यालयको नजिकै यसरी मार्केटिङ भइरहे पनि प्रहरीले चासो दिने गरेको छैन । आकाशे पुलमाथि, खुलामञ्च वरिपरिको फूटपाथ, टुँडिखेल मैदानका छेउछाउमा यस्तो शैलीको मार्केटिङ फस्टाएको हो ।

 

रेडलाइट एरिया नभए पनि साँझपख काठमाडौंमा यौनकर्मीको बजार बलियो हुने गरेको छ । उनीहरू सडकमा खुलेआम ‘डिल’ गर्छन्, कुरो मिले सम्झौता भएका गेष्ट हाउस र होटलमा जाने गरेका छन् ।

 

यसरी यौन कर्मका लागि महिलामात्र होइन, युवती र तेस्रोलिङ्गीको पनि आफ्नै शैली छ । चुरोटको सर्को तान्दै गरेकी एक युवतीले ग्राहक फकाउन भनिन्,‘जाने हो ? भने जस्तो सर्भिसिङ हुन्छ ।’ काठमाडौंमा रहेका यौन कर्ममा लागेका कतिपयले कोड भाषा र ‘स्ल्याङ भाषा’को पनि प्रयोग गर्दै आएको बताउँछन्, युवाहरू ।

 

‘यौन कर्ममा लागेका कतिपयले त गाडीभित्रै पनि विभिन्न प्रकारका हत्कण्डा अपनाउने गरेका छन् । उनीहरूलाई पैसा भए पुग्यो, बाँकी केही नचाहिने रहेछ’, रात्रीकालिन ट्याक्सी चलाइरहेका युवा भन्छन्,‘हामीलाई पनि कहिलेकाहीँ अफर गर्छन् । बँचेर हिँड्नुपर्छ ।’

 

नेपालीमात्र नभएर विदेशी समेत यौन बजारमा आश्रित रहेको कतिपय अध्ययनले देखाएका छन् । तर, मार्केटिङ गर्ने शैली र सेवा शुल्कका विषय पनि उनीहरूले गर्ने कामका हिसाबमा तय हुन्छन् ।

 

विदेशी महिला र युवती भने सडकमा यसरी भेटिँदैनन् । पव, डान्सबार, क्लवहरूमा उनीहरूका लागि ‘डिल’ गरिदिने विचौलिया खटिएका हुन्छन् । एक क्लव सञ्चालक भन्छन्,‘हामीकहाँ आउने कतिपय ग्राहकलाई फकाएर लैजाने समूह नै हुन्छ । हामी क्लवभित्र छिर्न नदिन बाउन्सरलाई भन्छौं तर उनीहरू जतिसुकै खर्च गरेर पनि छिर्ने हुन्छन् भने कतिपय ग्राहकले नै बोलाएको पाउँछौं ।’

 

काठमाडौं उपत्यकामा मात्रै करिव ५० हजार जना यौन पेसाकै कारण बाँचेको अनुमान गरिएको छ ।बजारको चाप जति बढी भयो त्यति नै यौन कर्मको संख्या पनि बढेको अनुमान केही अध्ययनहरूले गरेका छन् । २०१० मा भएको एउटा अध्ययनमा २८ हजार भन्दा बढी यौनकर्मी काठमाडौंमा आश्रित थिए । ्उक्त संख्या २०१९ सम्ममा दोब्बरले बढेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...