प्रहरीद्धारा निर्मला पन्तको हत्याराको स्केच निर्माण, यी रहेछन् हत्यारा !



हाम्रो इकोनोमि

 

गरिएका अनेकौँ अनुमान, दलका स्थानीय नेता, पत्रकार, मानवअधिकारवादी, एनजीओकर्मीलगायत केही केहीका स्वार्थजन्य क्रियाकलाप, समातिएका व्यक्ति र विवाद हुने गरी आएका अनेकौँ प्रसंगलाई झुठो सावित गर्दै अन्ततः महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको फरक निश्कर्ष दोषीको रेखाचित्रसहित एक साताभित्रै सार्वजनिक हुने भएको छ । निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ ।

 

केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट डिएसपी रुगमबहादुर कुँवर, मनोहर प्रसाद भट्ट र सई गजेन्द्रबहादुर रावल अनि सिआईबी, मेट्रो र विशेष ब्युरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्चनपुर खटाएपछि प्रहरी यस्तो परिणामनिकट पुगेको हो । पहिला मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टजस्ता व्यक्ति समातिए जस्तै यो टोलीले थप पाँच जना रोगी फेला पारिसकेको बताइन्छ ।

 

प्रहरी अनुसन्धानअनुसार, निर्मला पन्तलाई जुन ठाउँमा लगेर दुव्र्यवहार गरियो । घटनाभन्दा ६ महिनाअघिदेखि त्यस्ता क्रियाकलाप त्यहीं हुँदै आएका थिए । त्यही ठाउँमा अर्की युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ । डेढ महिनाअघि निर्मला बलात्कृत भएको घटनास्थलभन्दा २० मीटर पर अर्को प्रयास भएको र, यसप्रकार उही व्यक्तिबाट १७–१८ जना युवती पीडित भएको पत्तो लागेको छ ।

 

प्रहरीसँग नाम र सम्पर्क नै छ, पीडितहरुको । बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छेमात्रै हुन् । कतिपयले घरपरिवारमा ‘उसले यस्तो ग¥यो’ सम्म पनि भन्न सकेका छैनन् । प्रहरीले फेला पारेको छ– एक युवती १० पटकभन्दा बढी त्यही पुरुषबाट पीडित भएकी । स्कूल पढ्ने ती छात्राले अहिलेसम्म घरमा पनि त्यसबारे भनेकी छैनन् ।

 

निर्मला बलात्कृत भएकै उखुबारीमा माघको पहिलो साता ती पुरुषले अर्की एक बालिकालाई लखेटेका थिए । बालिका रुँदै घर पुगिन् । टोलका मान्छेले सोधखोज गरेर दुराचारीलाई लखेटे । टोलका मान्छेले समाउन सकेनन् र छाडिदिएपछि आफैँ गएर झार सफा गरे । त्यसपछि स्थानीय प्रहरीलाई खबर भई केही दिन गस्ती बढ्यो । प्रहरीको आवत-जावत बढेपछि ती पुरुषले ठाउँ फेरेर युवती र बालिकालाई झम्टिने अर्को ठाउँ बनाए । साउनको पहिलो साता फेरि अर्की बालिकामाथि प्रयास भयो ।

 

तीनपटकको दुव्र्यवहारबारे तेस्रो दिन बालिकाले नजिकै आएकी आन्टीलाई भनिन् । आन्टीले प्रतिवाद गर्न खोज्दा केटो उखुबारीबाट भाग्यो । यसरी माघदेखि फागुन, बैशाख र जेठमा उनले विभिन्न बालिकामाथि यौनजन्य आक्रमणको प्रयास गरेको थाहा लागिसकेको छ । निर्मलालाई उठाएकै ठाउँबाट अर्की एक बालिकामाथि प्रयास गरिएको पनि पुष्टि भएको छ । १३ वर्ष ६ उमेरकी होची निर्मला रजस्वला नभएकी बालिका थिइन् ।

 

यिनै कसुरदारको स्केच प्रहरीले तयार पारिसकेको छ । मान्छे कहाँ छ भनेर व्यापक खोजी हुँदैछ । भारत छिरेको भए केही महिना, देशमै भए केही दिनभित्र समातिने दावी छ । निर्मलाअघि बलात्कार प्रयास भएका बालिका र तिनका आफन्तहरु सम्पर्कमा छन् । प्रहरीको अनुमान छ, ती व्यक्तिको हर्कत, आँट, ज्यानको पर्वाह नगर्ने विशेषता हेर्दा नेपालमै पनि हुनसक्छन् ।

 

अनेकौँ आशंका

अनुसन्धान क्रममा एउटी युवती फेला परिन्, ‘फलानो केटो मेरो व्बाईफ्रेण्ड हो, त्यसैले गर्यो’ भन्ने । कारण हो, आफूलाई धोका दिएको रिस फेर्नु । दोष लगाएपछि प्रहरीले लगेर कुट्छ र मनमा शान्ति मिल्छ † बीचमा पक्राउ परेका प्रदीप रावल, विशाल चौधरीले पनि घटना स्वीकारे, तर डिएनए नमिल्दा छुटे । पछिल्लो अनुसन्धानअनुसार उनीहरुको घटनामा कुनै भूमिका नै छैन ।

 

प्रहरीलाई स्थानीयको त्यति सहयोग छैन । कांग्रेसलाई वास्तविकता बेलैमा नखुलोस् र चुनावसम्म यही कुरा उठाएर सरकारलाई अप्ठेरो पार्नु छ । अधिकारकर्मीको आफ्नै धन्दा छ । कांग्रेसकी शारदा चन्दले निर्मलाकी कान्छी आमा र बाबुलाई बोकेर हिँडेकी छन् । त्यसमा कञ्चनपुर नगरपालिका, प्रदेश र केन्द्र सरकारले छुट्याएको १८ लाखको स्वार्थसमेत गाँसिएको बताइन्छ ।

पछिल्लो अनुसन्धानले एउटा टेण्डरमा मेयरसँग कुरा नमिलेर यो विषयलाई बढी गिजोल्ने एकजना मिडियाकर्मीका अनेकन फण्डालाई समेत हावा खुवाउँदैछ । जनआस्था साप्ताहिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...