सुन तस्कर गोरेको पाटनर हरिशरण खड्का दुबईमा पक्राउ



हाम्रो इकोनोमि

 

संयुक्त अरब इमिरेट्स (युएई) प्रहरीले नेपालले इन्टरपोल रेड नोटिसमा राखेका सुन तस्कर हरिशरण खड्कालाई पक्राउ गरेको छ।दुबई प्रहरीले केही दिन अघि पक्राउ गरेका खड्का बिरुद्धका कानूनी कागजपत्र नेपाल एनसिबीले दुबई पठाएको छ।

 

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले खड्काको संलग्नता सहित उनलाई पनि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाएको थियो।काभ्रेका खड्का यसअघि २० पुस २०७३ मा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा समेत प्रतिवादी बनाएका आरोपी हुन्।

 

इन्टरपोलको काठमाडौँ एनसिबीमा इन्चार्ज एसपी उमेशराज जोशीले खड्का पक्राउ परेको पुष्टि गरेका छन्।उनले काठमाडौँ एनसिबीले रेड नोटिसमा राखेका खड्कालाई दुबईमा पक्राउ गरि कानूनी कागजपत्र मागेको बताए।

 

‘दुबईमा पक्राउ परेका छन्, त्यहाँको कानूनी प्रक्रिया पुरा गरि नेपाल ल्याउने छौं,’ एसपी जोशीले नेपालखबरसँग भने, ‘सबै प्रक्रिया पुरा गर्न ८०–९० दिन लाग्न सक्छ।’

 

तुलसीपुरमा अन्धाधुन्ध गोली प्रहार, स्थानीय त्रसित

 

दाङको तुलसीपुरमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दै हिंडेपछि स्थानीय त्रसित बनेका छन्  । तुलसीपुर उपमहानगरपालिका–६ गोरौरा हुँदै वडा नं. १० सम्म उक्त समूहले सोमबार बेलुकीपख अन्धाधुन्ध गोली प्रहार गर्दै हिंडेपछि स्थानीय गाउँले भयवित बनेका हुन् ।

 

उक्त समूहले बेलुका ८ बजेदेखि झण्डै साढे ८ बजेसम्म तुलसीपुर–सुकौरा सडक खण्डको विभिन्न स्थानमा गोली फायर गरेका थिए । ‘मोटरसाइलकमा सवार केही व्यक्तिले अन्धाधुन्ध गोली फायर गर्दै हिँडेका थिए,’ गौलौरा एक स्थानीयले भने, ‘बाइकबाटै फायरिङ्ग गर्दै हिंडेपछि गाउँभर त्रास फैलियो ।’

 

उक्त समूहले गोलौरादेखि फाइरिङ गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित नवीन कवर र टीकाराम केसीको घरको आसपासमा झण्डै आधा दर्जन जति फाइरिङ गरेको स्थानीयले जानकारी दिएका छन् । एक अज्ञात समूहले तुलसीपुर–घोराही सडक खण्डमा अन्धाधुन्ध फायरिङ गर्दै हिंडेको आवाज प्रहरी प्रशासनले पनि सुनेको जनाएको छ ।

स्थानीयले पनि त्यो कुरा प्रहरीलाई खबर गरे । त्यसपछि ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय तुलसीपुरबाट राति नै प्रहरी अनुसन्धानको लागि पुग्यो । प्रहरीको एक टोली मंगलबार बिहानैदेखि पनि अनुसन्धानको लागि खटिएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बताएका छन् ।

 

‘प्रहरी अनुसन्धानमै छ, फायर भएको ठाउँमा केही सबुत फेला पर्छ कि भनेर खोजी भइरहेको छ,’ एसपी पाण्डेले भने ‘केही शंकास्पद व्यक्तिमाथि सोधिखोजी समेत भइरहेको छ ।’

 

टेण्डर पार्न तर्साएको अनुमान
तुलसीपुर १० नवीन कवर वर्षोंदेखि पेसाले खोलामा बालुवा गिट्टीको काम गर्दै आइरहेका हुन् । उनले तुलसीपुरको पातुखोलामा वर्षौंदेखि जिल्ला विकास समिति र पछिल्लो समय जिल्ला समन्वय समितिले खोल्ने गरेको टेण्डर अनुसार नदीजन्य वस्तुको व्यापार गर्दै आएका छन् ।

 

मंगलबार तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर अन्तर्गत पर्ने बालुवा गिट्टीको लागि प्रमुख स्रोत मानिने ग्वारखोला, पाखुखोला र बबई नदी लगाएमा बालुवा गिट्टीको टेन्डर आह्वान गरेको थियो ।

मध्यान्ह १२ बजेसम्म टेन्डर आह्वानको समय तोकिएको छ भने मंगलबार नै टेन्डरसमेत सार्वजनिक गर्ने उपमहानरपालिकाले जानकारी दिएको छ । खोलाको टेण्डरमा आफ्नो हिस्सा खोज्ने र हैकम कायम गर्न चाहने अर्को कुनै समूहले तर्साउन तथा धम्काउने उद्देश्यका साथ अन्धाधुन्ध फायरिङ गरेको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...