कञ्चनपुर बम दिदी बहिनीलाई जेल



हाम्रो इकोनोमि

 

निर्मला काण्ड: विष्ट र बम दिदीबहिनीलाई जेल नहाली तथ्य नखुल्ने निष्कर्षमा पुगे आईजीपी खनाल-सक्दो शेयर गरौ कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटना जटिल हुँदै गएको छ ।

अभियुक्तहरूले सबै प्रमाण नष्ट गरेपछि अहिलेसम्म भएका अनुसन्धान सबै फिक्का जस्तै भएका छन् ।

यहि बिच बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले आईजीपी खनालमाथि निकै कडा कडा प्रश्न राखेका थिए ।

जसको सामना गर्न खनाललाई निकै हम्मे हम्मे परेको थियो ।

उनले निलम्बित एसपी डिल्लीराज विष्टमाथि प्रमाण जुटाएर जेल पठाउन आफू लागिपरेको बताएका थिए ।

यसले विष्टमाथि नै प्रहरीको निसाना सोझिएको प्रस्ट हुन्छ । निर्मलाको बलात्कारपछि बम

दिदीबहिनीको घरको आँगनमा रहेको अम्बाको रूपमा झुन्ड्याएर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

किनभने निर्मलाको भोकल कर्ड भाँचिएको पाइएको थियो ।

भोकल कर्ड झुन्डेको अवस्थामा मात्र भाँचिन सक्ने चिकित्सकहरू बताउँछन् ।हतार हतारमा अम्बाको रूख काटिएको घटना र बबिता तथा रोशनी बम दिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान नथालेसम्म निर्मलाको हत्या प्रकरण निष्कर्षमा पुग्न नसक्ने बताइएको छ ।निर्मला पन्तको बलात्कारको प्रमाण मेट्ने अनि मुचुल्कामा उनका पिताको नक्कली हस्ताक्षर पुलिसले नै गराएको गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक गरिसकेका छन् ।

त्यसैले अब निलम्बित एसपी विष्टलाई पक्राउ गरी अनुसन्धान थाल्ने तयारीमा सर्बेन्द्र लागी परेको बताइएको छ

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...