फन पार्कमा ३ अर्बको घोटला, पूर्वमन्त्री बद्री न्यौापने र टेबहादुर गुरुङसहित १४ जना जेल जाने पक्का



 

सामाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेबहादुर गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । समाज कल्याण परिषद्को सो जग्गा प्रचलित मापदण्ड र प्रकृया विपरीत भाडामा लगाएर भ्रष्टाचार गरेको आयोगले जनाएको छ।

 

बालबालिका केन्द्रित खुला पार्क छैनन्। भएको एउटा त्यही हो। त्यसैले सार्वजनिक विदा एवं अन्य अरू दिन पनि बालबालिकाको रोजाइमा सो पार्क पर्ने गर्छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो फनपार्क ठेक्का प्रकरणमा कूल २ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पुर्याएपछि प्रश्न उठेको छ– अब काठमाडाैं फन पार्ककको भविष्य के होला?

 

समाज कल्याण परिषदको ६० रोपनी जग्गामध्येको एउटा भागमा बालबालिकाका लागि फन पार्क सञ्चालन हुँदै आएको छ। हाल राजेन्द्र गुरुङले सो फन पार्क सञ्चालन गर्छन्। अख्तियारले उनीविरुद्ध ३१ करोड ५२ लाख बिगो माग दाबीसहित मुद्दा दायर गरेको छ।

 

आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगाल फनपार्कको भविष्यका विषयमा तत्काल कुनै निर्णय नभएको बताउँछन्। उनका अनुसार पहिलो चरणमा अनियमितता मुद्दा अदालत पुगेको हो।

 

‘हामीले मुद्दा दर्ता गरेको हो। मुद्दा अदालत पुग्नुको मतलब बन्द वा निलम्बन भन्ने हुँदैन,’ प्रवक्ता दंगालले नेपालखबरसँग भने, ‘अब आयोगमा छलफल र कानूनी आधारपछि कुनै निर्णय होला।’

 

आयोगले मेला स्थल भाडामा दिँदा भ्रष्टाचार गर्ने पूर्वमन्त्री र समाज कल्याण परिषदका तत्कालीन पदाधिकारीलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको हो। मेला सञ्चालक पूर्व राज्यमन्त्री र उनका नातेदार समेत मुद्दाका प्रतिवादी बनेका छन्।

 

आयोगले तत्कालीन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपानेलगायतविरुद्ध मुद्दा दायर गरेको हो। यस्तै मेला सञ्चालक रहेका पूर्व श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरूङ समेत मुद्दामा प्रमुख प्रतिवादी कायम भएका छन्। तत्कालीन चुरे भावर राष्ट्रिय एकता पार्टीको तर्फबाट डा बाबुराम भट्टराई प्रम हुँदा मन्त्री रहेका न्यौपाने हाल सत्तारुढ नेकपाको केन्द्रीय सदस्य हुन्।

अख्तियारले समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, परिषद्का तत्कालीन कोषाध्यक्ष कुञ्‍ज बिहाप्रसाद चौधरीविरुद्ध पनि मुद्दा दायर गरेको छ। मुद्दा दायर गरिएका अन्यमा समाज कल्याण परिषद्का तत्कालिन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, मदन कुमार लाल कर्ण र सदस्य-सचिव रविन्द्र कुमार छन्। फनपार्क सञ्चालन गर्ने रविन्द्र गुरूङ पनि प्रतिवादी छन्। आयोगले तत्कालीन समाजकल्याण परिषदका कोषाध्यक्ष रत्न गाहमगर, निर्देशक मदनप्रसाद रिमाल, उप निर्देशक बलबहादुर स्वार, कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेब चौधरी बिरूद् बिगो मागदाबी गरेको छैन।

 

२० भदौ २०६९ को कार्य सञ्चालन समितिको बैठकले रविन्द्र गुरूङ (वारेसकर्ता) टेक बहादुर गुरुङलाई हालसम्म तिरिरहेको रकमलाई बृद्धि गरी मासिक पाँच लाख पचपन्न हजार (सम्पूर्ण कर सहित) तथा समयावधिलाई बढाई १५ वर्षको लागि फनपार्क मेला सञ्चालन गर्न ठेक्कामा दिने निर्णय गरेको थियो। सो ठेक्का सार्वजनिक खरिद ऐन–२०६३ अनुसार टेण्डर आमन्त्रित नगरी नै दिइएको थियो।

३१ करोड ५३ लाख १७ हजार ६ सय ७५ रुपैयाँ अनियमितता गरेको आयोगको ठहर छ । न्यौपाने समाज कल्याण मन्त्री हुँद जग्गा भाडामा दिएका थिए ।

 

पूर्वमन्त्री न्यौपानेसहित समाज कल्याण परिषद्का पूर्व उपाध्याय प्रमोद मेहता, तत्कालिन कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, तत्कालिन सदस्य सचिव रविन्द्र कुमार यादब, तत्कालिन सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपानेलाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै जग्गा भाडामा लिने पूर्वमन्त्री टेकबहादुर गृरुङलाई पनि प्रतिवादी बनाइएको छ ।

 

फनपार्ककका प्रमुख संचाकक रबिन्द्र गुरुङ, परिषद्का तत्कालिन कोषाक्ष्य रक्ष गाहामगर, तत्कालिन निर्देशन मदन कुुमार रिमाल, तत्कालिन उप निर्देशन बलबहादुर स्वाँर, तत्कालिन कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीलाई प्रतिवादी बनाएर सोमबार बिशेष अदालतमा मुद्दा दायर गरिएको छ ।  आयोगको बिज्ञप्तीमा भनिएको छ

 

अनुसन्धान तहकिकातबाट संकलित मिसिल संलग्न उजुरी निवेदनहरु, प्राप्त कागजातरप्रतिवेदनहरु, प्रतिवादीहरु तथा अनुसन्धानको क्रममा वुझिएका व्यक्तिहरुको वयान कागजहरुसमेतका आधार एवं सवुद प्रमाणहरु बिश्लेषण गरी हेर्दा तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्री प्रसाद न्यौपाने, समाज कल्याण परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, समाज कल्याण परिषद्का तत्कालिन कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी,

 

समाज कल्याण परिषद्का तत्कालिन सदस्य हरि न्यौपाने, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मोहनराज शर्मा, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मदन कुमार लाल कर्ण र समाज कल्याण परिषद्का तत्कालिन सदस्य(सचिव ई. रविन्द्र कुमार समेतको उपस्थितिमा मिति २०६९र५र२० को कार्य संचालन समितिको वैठकले रविन्द्र गुरुङ्ग(वारेसकर्ता टेक बहादुर गुरुङ)लाई हालसम्म तिरिरहेको रकमलाई वृद्धि गरी मासिक रु.५,५५,०००।

 

–(पाँच लाख पचपन्न हजार) (सम्पूर्ण कर सहित) तथा समयावधिलाई बढाई १५ वर्षको लागी फनपार्क मेला संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको देखिएकोमा विपक्षीहरुले आपसी मिलेमतोमा रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा ४ अनुसार नेपाल सरकारले कुनै रकम वा कुनै अन्य कामको ठेक्का बन्दोबस्त गर्न परेमा टेण्डर आमन्त्रित गरी वा बढावढ वा घटाघट गराई ठेक्कामा दिनु पर्नेमा सो वमोजिम नगरेको, सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ वमोजिम वोलपत्र आव्हान गर्नु पर्नेमा वोलपत्र आव्हान नै नगरेको,

 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१, ३२, ३३, ३४, ३५, ३७, ४४, ५४ र ५९ समेतको उलंघन गरेको र समाज कल्याण परिषद् आर्थिक प्रशासन नियमावली, २०५० को नियम ३८ मा वोलपत्र सम्वन्धी कार्य्विधि सम्वन्धमा उल्लेख भएकोमा सो वमोजिमको कार्य्विधि पालना गरेको नपाइएको साथै सोही नियमावलीको नियम ६२ मा भाडामा दिने लिने सम्वन्धमा निर्णय गर्दा कार्य संचालन समितिद्वारा निर्धा्रित कार्य्विधि अपनाइ भाडामा दिन सकिनेछ भनी उल्लेख भएकोमा उक्त व्यवस्था प्रतिकुल हुने गरी उपयुक्त कार्य्विधि नबनाई भाडामा दिएको देखिएको, मिसिल संलग्न विभिन्न आ.व.का लेखा परिक्षण प्रतिवेदनहरुमा पटक पटक एउटै व्यक्तिलाई म्याद थप गर्दै जाँदा स्वच्छ प्रतिस्पर्धा नभई राज्यलाई हानी नोक्सानी भएको देखिएको हुँदाप्रचलित दर,

 

विगतको भाडादर आदिको आधारमा दर रेट निर्धारण गरी लागत अनुमान तयार गरी सो लागत अनुमानलाई न्युनतम् भाडा कायम गरी सो भन्दा घटी नहुने गरी प्रतिस्पर्धात्मक विधि अवलम्वन गरी भाडामा लगाउँने निर्देशन हुँदा समेत सो निर्देशनहरु पालना नगरेको,आयोगमा परेको उजुरी सम्वन्धमा अनुसन्धान तथा तहकिकात भै जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड, सार्वजनिक खरिद ऐन, नियम अनुसार गर्न भनी समाज कल्याण परिषद्लाई पत्राचार गरिएकोमा पटक पटकका सुझावहरु समेत वेवास्ता गरिएको,

 

तत्कालिन समाज कल्याण परिषद् कार्य संचालन समितिको मिति २०६९र१र१२ को वैठकको निर्णय अनुसार माग गरिएको जिल्ला प्राविधिक कार्यालय काठमाडौबाट प्राप्त भाडा दरको मूल्याङ्कन विवरण समाज कल्याण परिषद्को दर्ता किताबमा मिति २०६९र२र३ मा दर्ता भैसके पश्चात् मिति २०६९र४र१५ मा उल्लेखित पदाधिकारीहरुको उपस्थितिमा भएको वैठकले जिल्ला प्राविधिक कार्यालय काठमाडौबाट प्राविधिक मूल्याङ्कन माग्ने मिति २०६९र१र१२ को पुर्व निर्णयलाई वदनियतपूर्वक खारेज गरेको देखिएको, प्रतिवादीहरुले वयान कागजको क्रममा समाज कल्याण ऐन २०४९ को दफा ६को उपदफा (१) र (३) समेतका प्रावधानहरुको आधारमा भाडामा लगाएकोदावी गरेतापनि उक्त १५ वर्षको लागी अति न्युन दरमा कानुनी प्रक्रिया र मापदण्ड विपरीत फनपार्क भाडामा लगाउने कार्य सो ऐनको उल्लेखित व्यवस्था,

 

प्रस्तावना र मुल मर्मको प्रतिकुल देखिन आएको,उक्त फनपार्कलाई भाडामा लगाउँदा भएको अनियमितता सम्बन्धमा छानविन गर्न गठित विभिन्न प्रतिवेदनहरुले समेत उपरोक्त क्षेत्रफलमा हाल मेलाबाट प्राप्त वहाल रकम वहाल बृद्वि दर, अवधि, अन्यत्र चलनचल्तीको भाडा दर र संचालकले प्राप्त गरेको आम्दानीलाई हेर्ने हो भने परिषद्बाट गरिएका निर्णयहरु परिषद्को हितमा नभएको नै देखियो भन्ने उल्लेख गरेको,

 

सहो समयमा सोही स्थानमा अवस्थित ईच्छुमति तरकारी बजारलाई प्रतिरोपनी रु.७८,५७१.४२।–मा भाडामा दिएको देखिएको समेतका आधार कारण र प्रमाणहरुको विश्लेषणबाट फनपार्कलाई अनियमित रुपले भाडामा लगाउने निर्णय तथा गलत कामकारवाही प्रकृयामा सँलग्न तपसिल वमोजिमका व्यक्तिहरुको सँलग्नतामा व्यवसायिक र व्यापारिक दृष्टिले अत्यन्त महत्वपुर्ण राजधानीको केन्द्रविन्दुको रुपमा रहेको भृकुटीमण्डपस्थित फनपार्कको जग्गालाई वदनियतपुर्ण तरिकाले मिति २०६०र०५र२० गतेको निर्णयले प्रतिमहिना प्रतिरोपनी जम्मा मासिक रु.९,२५०।–रकममा भाडामा लगाएको देखिन आईनिजहरुको वदनियतपुर्णरुपले गरेको गलत कामकारवाहीबाट नेपाल सरकार समाज कल्याण परिषद्लाई हालसम्म रु. ३१,५२,१७,६७५.२०।–(एकतीस करोड वाउन्न लाख सत्र हजार छ सय पचहत्तर रुपैया विस पैसा) हानी नोक्सानी भएको देखिन आएको हुँदा निज प्रतिवादीहरुलाई तपसिल वमोजिमको माग दावी लिई श्री विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही