कृष्ण वलिले खुट्टा हाले, रुपा सँसारकै खुशी । खुट्टा हाल्ने डाक्टरले यस्तो भने(भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

 

रुकुमका कृष्ण वलिसँग केहि महिनाअघिसम्म दुख र पिडा बाहेक केहि थिएन । देवी जस्ती श्रीमतीको अटुट ससाथ र परिवारको माया त थियो

तर पैसाको अभावका कारण आफ्नो करेन्ट लागेर गुमेका दुई हात र एक खुट्टा जोडिने सपना सपनामै सिमित थियो ।

करेन्ट लागेर जसोतसो बाँचेका कृष्णको उपचारमा ७० लाख हाराहारीको खर्च भएको थियो, परिवारलाई ४५ लाख भन्दा माथिको ऋण थियो । छटपटी थियो, निदाउन सक्दैन थिए ।

त्सैबिच कलाकार तथा भिजे शिशिर भण्डारी उनीहरुको घर पुगे, उनीहरुको दुख र बेदनाले भरिएको भिडियो बनाए ।

शिशिरको प्रस्तुति शैली र रुपा कृष्णको पिडाले सबैको मन छोयो । भिडियो प्रसारण भएको २ दिनमै ४ लाख सहयोग लिएर शिशिर फेरी कृष्णको घर गए । अब कृष्णो जीवनमा आशाका नयाँ किरणहरु पलाए ।

त्यसपछि उनको घरमा मिडियाहरुको ओईरो लाग्न थाल्यो । सयोगीहरु उनकै घरमा आउन थाले ।

एक एक मिलेर सागर बन्दै गयो, शिशिरको भिडियो हेरेर रुदै फोन गर्दै कृष्णलाई सान्त्वना दिनेको ओईरो लाग्यो । हालसम्म शिशिरले ३४ लाख भन्दा माथिको रकम कृष्णलाई बुझाईसके । कृष्ण रुपाका अनुसार उनीहरुका लागि हालसम्म १ करोड ५० लाख भन्दा माथिको सहयोग आईसक्यो ।

७० लाख भन्दा माथिको रकम अमेरिकाबाट आउँदैछ । यसैबिच कृष्णले खुट्टा हालेका छन् । सबैको चाहना छ, कृष्णलाई हात खुट्टामा हेर्ने, त्यो मध्ये एक चाहना पुरा भएको छ ।

भिडियो हेर्नुस

 

५३ वर्षअघि बनेको राजमार्ग व्यक्तिका नाममा पास

५३ वर्षअघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको खुलासा भएको छ ।

पूर्व पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले ब्यक्तिको नाममा पास गरेको खुलासा भएको हो।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजस्व रकम समेत चुहाबट हुने गरेको रहस्य खुलेको छ। राजमार्गसँग जोडिएको जमिनको राजस्व र राजमार्ग नभएको जमिनको राजस्व फरक रहेको छ ।

यसैकारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाइकनै जमिन कायम गर्ने गरेको पाइएको हो।

चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व पश्चिम राजमार्गको अधिकांश भूभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन।

यसो गर्दा नापी कार्यालयका कर्मचारीले व्यक्तिसँग मोटो रकम लिने गरेको आरोप समेत रहेको छ। पूर्व पश्चिम लोकमार्ग २५ र सहायक मार्ग १५ मिटेर छाडेर मात्र नापी कार्यालयले किताकाट गर्नुपर्नेमा त्यसो नगरिकनै रजिष्ट्रेसन पास गराउन सिफारिस गर्ने गरेको खुलेको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पुर्ब पश्चिम राजमार्गको जंगलछेउदेखि चाँदीपुलसम्म र गौर चन्द्रनिगाहपुर खण्डका अधिकांश सडकको भाग घडेरीको रूपमा नापी कार्यालयले पास गर्न सिफारिस गर्ने गरेको खुलेको हो।

कित्ताकाट नगरिकनै पठाउनु भनेको रजिष्ट्रेसन गर्न सिफारिस गरेको सो सरह रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...