गगन थापालाई नेबिसंघले कालो झण्डा देखायो



हाम्रो इकोनोमि

 

नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् ।

 

नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जनाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि संघका विद्यार्थीले उनलाई कालो झण्डा देखाएका हुन् । नेपाल विद्यार्थी संघका विद्यार्थी विकास थापाको समूहले गगनको विरोध गर्दै कालो झन्डा देखाएको थियो । विकास नेपाल विद्यार्थी संघको एउटा समूका अध्यक्ष हुन् । कास्कीमा दुई समूह छ ।

 

ओली सरकारविरुद्ध काँग्रेस सडकमा, कुन नेता कहाँ खटिए ?

 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज (सोमबार) देशभर शक्ति प्रदर्शन गर्दैछ । ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्न लागिएको काँग्रेसले जनाएको छ ।  विरोध सभाका लागि काँग्रेस शीर्ष तथा केन्द्रीय नेताहरू जिल्लामा पुगिसकेका छन् । विरोध प्रदर्शनमा सहभागी हुन अधिकांश शीर्ष नेताहरूले आफ्नो गृह जिल्ला छानेका छन् ।
कुन नेता कहाँ ?

पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँको विरोध सभालाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् । पार्टी उपसभापति विमलेन्द्र निधि धनुषामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्नेछन् भने सहमहामन्त्री प्रकाशशरण महत दाङको विरोध सभामा सहभागी हुन उतै गएका छन् । महामन्त्री डा. शशाङ्क कोइराला नवलपरासीको नवलपुरमा हुने विरोध सभामा सहभागी हुनेछन् भने नेता शेखर कोइराला मोरङमा खटिएका छन् ।

 

त्यस्तै युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुने तथा प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेगरी त्यसतर्फ लागेका छन् ।  केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नुवाकोटमा हुने विरोध सभालाई सम्बोधन गर्दैछन् ।पार्टीले केन्द्रीय नेताहरूलाई जिल्ला जान निर्देशन नदिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

 

काठमाडौँमा १ बजेपछि हुने विरोध प्रदर्शनका लागि सहरका विभिन्न स्थानबाट र्याली निकाल्ने र रत्नपार्कस्थित शान्ति बाटिकामा कोणसभामा परिणत गर्ने काँग्रेसले जनाएको छ । काठमाडौँमा हुने सभालाई सभापति देउवासहितका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने सभापति बानियाँले जानकारी दिए । उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।

 

विरोधका एजेन्डा

काँग्रेसले विरोध प्रदर्शनमा वाइडबडी खरिदमा भएको घोटाला, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानबिन र प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा आयोगहरूमा अध्यक्षको नियुक्ति सिफारिस जस्ता विषयलाई प्राथमिकता बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई बताए ।

 

साथै बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय, भेनेजुएला प्रकरणमा सरकार र नेकपाले गरिरहेको अमेरिकाको विरोध, महँगी, भ्रष्टाचार तथा अनेकौँ जनविरोधी निर्णय विरोध प्रदर्शनको मुद्दा बनाएको काँग्रेसले जनाएको छ । माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले सरकारविरोधी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

 

भ्रातृ सङ्गठन पनि सडकमा

काँग्रेसले आफ्ना भ्रातृ सङ्गठनलाई पनि सडकमा उतारिसकेको छ । यसअघि नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रदर्शन गरिसकेको छ भने नेविसङ्घ र नेपाल महिला सङ्घले पनि सरकारको विरोधमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा नेविसङ्घले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेदेखि सरकारी गाडीमा तोडफोड र आगजनीसमेत गर्दै आएको छ ।

 

साउनको विरोध प्रदर्शन

यसअघि काँग्रेसले पहिलो पटक गत साउनको पहिलो साता सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको थियो । त्यसबेला कानुनी शासनको खिल्ली उडाउँदै केन्द्र र प्रदेश सरकार मनोमानी ढङ्गले अघि बढेको उसको आरोप थियो । देउवा सरकारले निश्चित अवधिमा गरेका राजनीतिक नियुक्ति केपी ओली सरकारले एकमुष्ट खारेज गरेको थियो ।

 

सरकारको यो निर्णयपछि काँग्रेसले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारका निर्णयहरू उल्ट्याएको र राज्यका विभिन्न अङ्गमा हस्तक्षेप गरेको भन्दै सरकारको विरोध गरेको थियो ।

 

काँग्रेसले यसअघि चिकित्सा शिक्षा विधेयक र डा. केसीको अनशनलाई प्रमुख मुद्दा बनाउँदै आए पनि डा. केसीको १६औँ अनशन र काँग्रेसको विरोधका बाबजुत चिकित्सा शिक्षा विधेयक संसदका दुवै सदनबाट पारित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...