प्रधानमन्त्री ओली समक्ष देउवाको गुहार : कांग्रेसले भ्रष्टाचारको मुद्दा नबोक्ने !



हाम्रो इकोनोमि

 

चर्चित अनसनकारी डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा धेरै समय उधुम मच्चाए, प्रधान न्यायाधीशलाई पनि अनसनबाटै बजाए । अख्तियार प्रमुखलाई पनि छाडेनन् । तर, उनको पछिल्लो अनसनका बेला चर्चित बनेको वाइडवडी विमान खरीद प्रकरणमा भने चूँसम्म गरेनन् । डा.केसीको अनसनको तमासा सकिइसकेको छ ।

 

अब प्रमुख प्रतिपक्षी कांग्रेसको आन्दोलनको तमासा सुरु हुने भएको छ । रमाइलो त यो छ कि कांग्रेसको आन्दोलनमा पनि बहुचर्चित २५ अर्बको वाइडवडी विमान खरीद प्रकरणलाई मुद्दा नबनाइने भएको छ ।

कांग्रसले २०७५ माघ २१ गतेबाट नेकपाको केपी ओली सरकारविरुद्ध  देशब्यापी आन्दोलन सुरु गरेको छ ।उच्च स्रोतका अनुसार, वाइडवडी खरीद काण्डबारे प्रधानमन्त्री केपी ओलीसंग कुरा गर्न कांग्रेस सभापति शेरबहादुर देउवा आफै प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । उनले यो विषयमा आधाघन्टा कुरा गरेको बुझिन्छ । देउवाले के कुरा गरे भन्ने खुलेको छैन तर ओलीले तपाईंकै पालामा खरीद प्रकृया सुरु भएको हो, यसको जवाफ तपाईंले नै दिनुपर्छ भनेको  स्रोत बताउछ ।

वाइडवडी विमान खरीद काण्डलाई नेपालको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड मानिएको छ । २५ अर्ब रुपैयाँको दुई थान वाइडबडी विमान खरीद सम्बन्धमा कांग्रेसकै सांसद राजन केसीको संयोजकत्वमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन उपसमिति बनाएको थियो । उपसमितिले विमान खरीद प्रकरणमा भ्रष्टाचार भएको भन्दै दोषीलाई कारबाही गर्न किटानीसाथ सिफारिस समेत गरेको थियो । तर, यो प्रकरणमा कांग्रेस रहस्यमयरुपमा पछाडि हटेको छ ।

जानकार स्रोतहरुका अनुसार, कांग्रेसले आन्दोलनमा वाइडवडीको कुरा नउछाल्न सर्कुलर नै जारी गरेको छ । उता, वाइडवडी काण्डलाई त्यागेको आरोप लागेपछि कांग्रेसले उदेकलाग्दो तरिकाले लाज ढाक्ने प्रयास गरेको छ । २०७५ पुस २६ गतबाट सुरु भएको महासमिति बैठकमा पारित राजनीतिक प्रतिवेदन कांग्रेसले अहिलेसम्म सार्वजनिक गरेको छैन । केन्द्रीय समितिले परिमार्जन गरेर मात्र सो प्रतिवेदन सार्वजनिक गर्ने भनिएको थियो । त्यो प्रतिवेदनमा कांग्रेसले वाइडवडी जहाज खरीद छानबिन प्रकरणलाई थपेको बुझिन्छ ।

दुई थान वाइडबडी खरीद प्रकरण मात्र नभएर सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको बेलाका कुनै पनि भ्रष्टाचारका मुद्दा कांग्रेसले आन्दोलनमा नउठाउने भएको छ । कांग्रेसले सबैभन्दा ठूलो वाइडवडी खरीद काण्डलाई प्राथमिकता नदिने निर्णय गरेकोमा रामचन्द्र पौडेल पक्षधरहरु भने खुसी छैन । उनीहरुका अनुसार, विमान खरीद प्रकरणमा देउवा पत्नी आरजू राणाहरुले मनग्ये फाइदा हात पारेका छन् । देउवाका साला भूषण राण नै विमान खरीद प्रकरणका असली सूत्रधार हुन् भन्ने पनि खुलिसकेको छ ।

डा. गोविन्द केसीलाई इस्यू बनाएर कम्युनिष्ट सरकारविरुद्ध जुरुक्कै आन्दोलन उठाउन सकिन्छ भन्ने कांग्रेस नेताहरुको निष्कर्ष फेल खाएको छ । बरु, अहिले गोविन्द केसी नै देउवाका विरोधी बनेको बुझिन्छ । संसदबाट राष्ट्रिय चिकित्सा विधेयक पारित हुने वित्तिकै केसीलाई भेट्न देउवा पुगेका थिए । देउवाले साथ देलान् भन्ने ठानेका केसीले नचिताएको वाक्य सुन्नुप¥यो । देउवाले ठाडै भनिदिए, अब अनसन तोड्नुस् । देउवाले खुसुक्क मात्र भनेका होलान्, औपचारिकता पु¥याउन मात्र भनेका होलान् भन्ने केसी तथा उनका समर्थकहरुलाई लागेको थियो । तर, भोलिपल्ट पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पोखरा पुगेर केसीले अनशन त्याग्नुपर्छ भनिदिए ।

काँध थापिरहेको कांग्रेसले साथ छाडेपछि मृत्यूसंग जुधिरेहका डा. केसी अनसन त्याग्न बाध्य भए । केसीलाई काँध नथाप्ने प्रयास देउवाको टिमले सुरुदेखि नै गरेको थियो । केसीको अनसन चर्किंदा गगन थापा र रामचन्द्र पौडेलहरुलाई फाइदा हुन्छ । उता विवेकशील साझा र साझा पार्टीले पनि फाइदा पाउँछ तर कांग्रेसलाई केही फाइदा हुँदैन भन्ने उनीहरुको निष्कर्ष थियो । नभन्दै केसीको नाममा आन्दोलन पनि उठेन र कांग्रेसले खासै ठूलो फाइदा पनि पाएन । बरु, कांग्रेसले थाल्न खोजेको आन्दोलन नै ओझेलमा प¥यो ।

 

आन्दोलन, चर्काएर/उठाएर कम्युनिष्ट सरकार तथा केपी ओलीलाई हल्लाउन सकिन्न भन्ने देउवाले राम्रोसंग बुझेका छन् । आन्दोलन चर्काएर पार्टीभित्र आफू चाहिं बलियो बन्ने सपना देउवाले देखिरहेका छन् । तर, आन्दोलन गर्दा देउवालाई फाइदा नहुने गरी गर्न रामचन्द्र पौडेल पक्षधरहरु पनि सचेत भएको बुझिन्छ ।
साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...