नेकपाको सचिवालय बैठक भेनेजुयलाबारे नेकपाको अडान कायमै



हाम्रो इकोनोमि

 

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफूलाई पुरानै अडानमा राखेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा आफूलाई अमेरिकाको पक्षमा उभ्याएको भोलिपल्ट नेकपाले यस्तो धारणा दोहोर्‍याएको हो ।

 

सोमबार बसेको नेकपा सचिावलय बैठकले भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेबारे पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ११ गते निकालेको विज्ञप्तिकै अडानमा आफूलाई उभ्याएको हो ।

 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलाको विषयमा नेकपाले लिएको अडानबारे गलत प्रचार गरिएको जानकारी दिए । ‘भेनेजुएलाको विषयमा हाम्रो अडान यथावत छ, राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति नेकपा प्रतिवद्ध छ’, श्रेष्ठले भने, ‘नेकपा हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र त्यहाँ समस्या पैदा भएमा सम्बन्धित देशको जनताले स्वतन्त्रतापूर्ण र शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’
प्रवक्ता श्रेष्ठले पार्टीको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारेका प्रश्नमा कुनै द्विविधा नरहेको पनि उल्लेख गरे । ‘हामीले आजको सचिवालय बैठकमा पनि यसबारे पार्टीको नीति र दृष्टिकोण स्पष्ट र स्थिर रहेको निचोड निकाल्यौँ’, श्रेष्ठले भने, ‘हामी कुनै पनि देशको आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपलाई स्वीकार्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...