रंगशाला निर्माण गर्न मिल्ने पैसाले ४ ओटा अस्पताल बनाउन मिल्छ , यहाँ मानिस क्रिकेट हेर्न नपाएर भन्दा पनि उपचार नपाएर मर्छन्



हाम्रो इकोनोमि

 

मागेरै क्रिकेट रंगशाला बनाउने हो भने धुर्मुसेको ठाउँमा ‘माग्ने बुढा’लाई नै नेता मानेको भए हुन्थ्यो ।

नाम र काम दुबै मिल्थ्यो । यसले हाम्रो माग्ने सँस्कृतिलाई झन उन्नत बनाउँथ्यो ।

मगन्तेहरुको यो देशमा हामी क्रिकेटको मनोरँजन पनि मागेरै गर्ने मानसिकता बोकीरहेका छौं ।

जनतासँग चन्दा मागेर भौतिक पुर्वाधार निर्माण गर्ने हो भने हे धुर्मुस र सुन्तलीहरु, उत्तम सँजेलले झैं एक सय रुपैयाँमा पढन पाइने स्कूल र एक सय रुपैयाँमा उपचार गर्न पाइने अस्पताल खोल्नुस् ।

शिक्षा र स्वास्थ्यलाई लोक कल्याणकारी बनाउनु आजको मुलभूत प्राथमिकता र दायित्व हो । कुनै रोग लागेमा एक नागरिकको सारा सम्पत्ती स्वाहा हुने आजको अवस्थाको अन्त्य गरौं । यसका लागि निजी शिक्षण र स्वास्थ्य सँस्थाहरु बन्द गराउँ । सेवामुलक क्षेत्रमा निजी क्षेत्रको व्यापारीक लगानी जरुरी छैन । शिक्षा र स्वास्थ्य नाफा कमाउने क्षेत्र हैनन् ।

सरकारले शत प्रतिशत स्वास्थ्य र शिक्षालाई लोक कल्याणकारी बनाउन सक्दैन भने, महतोदेखि चौधरीसम्म, घलेदेखि सुमार्गीसम्म, गुरुङदेखि प्रशाइसम्मका धनधान्यले युक्त नागरिकहरुको पहलमा एउटा ‘हेल्ट ट्रष्ट’ बनाउँ । यो ट्रष्टलाई सबै मनकारीले आ–आफ्नो पितृको मोक्ष, पुण्य कमाउने चाहना, सेवा गर्ने लालसा, परलोकमा न्याय पाउने आशा या मरेपछि स्वर्गै जाने अनेक सोचबाट प्रेरीत भएर गच्छे अनुसार चन्दा दिउँ । र, यसको नेतृत्व धुर्मुसेलाई दिउँ र धुर्मुसमार्फत देशव्यापी चन्दा आव्हान गरौं । कोषमा जति चन्दा सँकलन हुन्छ, त्यसमा सरकारले तिस प्रतिशत थपोस् । यसको सँचालनका लागि स्वच्छ छवीका व्यक्तिहरुको समिति बनोस् । र, यो ट्रष्टले सातै प्रदेशमा समता अस्पताल झैं सय रुपैयाँमै उपचार हुने अस्पताल खोलोस् । रगत, दिशा, पिसाब, खकार, फोक्सो, किडनी, लिभर, मगज, करङ, अण्कोष, पाठेघर, पेट, मुटु, नाक, कान, घाँटी, घुँडा आदि शरीरका कुनै पनि अँगको परिक्षण, अल्ट्रासाउण्ड, एक्सरे, एमआरआई, इसीजी आदि गर्न जनताले सुको तिर्न नपरोस् । प्लस टुसम्म निशुल्क पढन पाइने स्कुल खोलियोस् ।

चन्दा मागेर क्रिकेट रँगशाला बनाउनु भनेको दिनभरी सडकमा भिख मागेर साँझ डिस्को जानु हो । मधुर भण्डारकरको फिल्म ट्राफीक सिग्नलमा यस्तै एउटा पात्र छ, जो दिनभरी सडकमा माग्नेको गेट अपमा भिख माग्छ, अन्धो भएर । साँझ परेपछि गर्लफ्रेन्डलाई लिएर दिनभरी मागेको पैसाले डिस्को जान्छ, रगँरलीया मनाउँछ । यही फिल्ममा अर्को पात्र पनि हुन्छ, जो सडक किनारमा बसी भिख मागेको पैसाले बृद्ध बाबुको उपचार गर्छ । मागेको पैसा कहाँ लगाइन्छ ? भन्ने प्रश्न बडो महत्वपूर्ण छ । जनतासँग मागेको पैसाले जनताका प्राथमिक समस्या समाधानमा लगाउनुपर्छ । र, क्रिकेट रँगशाला जनताको प्राथमिकता हैन, जनताको प्राथमिकता शिक्षा र स्वास्थ्य हो । धुर्मुस र सुन्तलीले आफ्नै गोजीको पैसाले क्यासीनो सेन्टर नै बनाउन्, हामीलाई बाल मतलब भएन । तर, हाम्रो प्राथमिकताभन्दा बाहेकका चिजहरु निर्माण उनले हामीसँग चन्दा माग्नु विवेकसम्मत हैन । सक्छौ भने, उत्तम सँजेलले झैं एक सयमा उपचार हुने अस्पताल र एक सयमा पढाई हुने स्कूल खोल्ने अभियान चलाउ, म पनि दिलखोलेर चन्दा दिन्छु ।

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरू गरेको छ।

चितवनको भरतपुरमा सो रंगशाला निर्माणस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रूपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष एवंम् चर्चित हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस )ले सो रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले आफूहरू अनुभवी पनि भएकाले सो रंगशाला निर्माणमा ढिलाइ नहुने पनि बताए। सो रंगशाला निर्माणका लागि गुरूयोजना बनाउने काम पनि सुरू भइसकेको पनि अध्यक्ष कट्टेलले जानकारी दिए।

अध्यक्ष कट्टेलले सो आयोजना इमान्दारिताका साथ निर्माण गर्ने बताए।उनले धेरै स्वमयसेवक परिचालन गरेर सो रंगशाला निर्माण कार्य सम्पन्न गर्ने भएकाले त्यसको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको पनि बताए।

नेपाललाई खेलकुद हबको रूपमा विकास गर्ने योजनाका साथ सो रंगशाला निर्माण कार्यमा आफूहरू जुटेको पनि फाउन्डेसनले जनाएको छ। कार्यक्रममा बोल्दै फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले देशको मुहारमा खुशीयाली ल्याउन सो रंगशाला निर्माणको कामको जिम्मा लिएको बताइन्।

उनले देश र आफ्ना बाबुआमा खुसी बनाउने काम सबभन्दा बढी खुसीको कुरा भएकाले आफूहरूले पनि देशलाई खुसी बनाउन सो रंगशाला निर्माणको काम सुरू गरिएको स्पष्ट पारिन्।

गत माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...