रवि लामिछानेसँग बिहे गरेकी निकिताको जागीर धरापमा



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित भएपछि उनी विवादमा तानिएकी छिन्।  सञ्चार मन्त्री गोकुल बास्कोटाले वोर्डकी अध्यक्ष निकितालाई टार्गेट गर्दै अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिदैँ आक्रोश पोखेका छन्।

 

मन्त्रालय एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘आइतबार चलचित्र विकास बोर्डको प्रगति विवरण सम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर, बैठकमा वोर्ड अध्यक्ष नै अनुपस्थित भएपछि मन्त्री बास्कोटा आक्रोशित भएका हुन्।’ मन्त्री बास्कोटाले ‘चलचित्र विकास बोर्ड अध्यक्ष आउनुभएन ?’ भनेर प्रश्न गरेपछि वाेर्डकी सहसचिव राधिका अर्यालले उपस्थित नभएको जवाफ दिएकी थिइन्।

 

जवाफ सुने लगत्तै फायर भएका मन्त्री बास्कोटाले भने,‘छुट्टी लिएको भए रेकर्ड हुनुपर्यो, हैन भने स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउनुस्, सधैं यसरी मनपरि गर्न कसैलाई पनि छुट छैन। मन्त्री बास्काेटाले मन्त्रालय अन्तरगत रहेका सबै विभागका कर्मचारीलार्इ कानून अनुसार अा-अाफ्नाे काम निर्देशन दिएका छन्।

 

सञ्चारकर्मी रवि लामिछानेसँग दोस्रो बिहे गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार मन्त्रालयले बर्खास्त गर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा नै उपस्थित हुने आइतबार बोलाइएको चौमासिक बैठकलाई पौडेलले बेवास्ता गर्दै जिम्मेवारीअनुसार उपस्थिति जनाएकी थिइनन् ।

 

मन्त्री बास्कोटाले पौडेलसँग कडा स्पष्टीकरण सोधेर पदच्युत गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका हुन् । चौमासिक समिक्षा बैठकमा बोर्डको प्रगति विवरण प्रस्तुत गर्ने जिम्मेवारी पौडेलको थियो ।

उक्त विषय उठेपछि मन्त्री बास्कोटाले निकिताको उपस्थिति नदेखेपछि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई सोधेका थिए,‘बोर्ड अध्यक्षलाई खबर थिएन ? भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिनु पर्ने, हैन भने स्पष्टिकरण सोधेर गोरखापत्रमा जस्तै पदबाट हटाउन पर्यो । अदालत गए जान्छन् । तर सँधै यसरी मनपरी गर्न पाउँदैनन् ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...

बिज्ञापन बोर्डले फेरि रोक्यो लोकल्याणकारी विज्ञापनको विल

    बिज्ञापन बोर्डले २०८३ श्रावण महिनामा प्रकाशन गरेको लोकल्याणकारी विज्ञापन वापतको पत्रपत्रिकाको...