रवि लामिछानेसँग बिहे गरेकी निकिताको जागीर धरापमा



 

सञ्चार तथा सूचना मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित भएपछि उनी विवादमा तानिएकी छिन्।  सञ्चार मन्त्री गोकुल बास्कोटाले वोर्डकी अध्यक्ष निकितालाई टार्गेट गर्दै अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिदैँ आक्रोश पोखेका छन्।

 

मन्त्रालय एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘आइतबार चलचित्र विकास बोर्डको प्रगति विवरण सम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर, बैठकमा वोर्ड अध्यक्ष नै अनुपस्थित भएपछि मन्त्री बास्कोटा आक्रोशित भएका हुन्।’ मन्त्री बास्कोटाले ‘चलचित्र विकास बोर्ड अध्यक्ष आउनुभएन ?’ भनेर प्रश्न गरेपछि वाेर्डकी सहसचिव राधिका अर्यालले उपस्थित नभएको जवाफ दिएकी थिइन्।

 

जवाफ सुने लगत्तै फायर भएका मन्त्री बास्कोटाले भने,‘छुट्टी लिएको भए रेकर्ड हुनुपर्यो, हैन भने स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउनुस्, सधैं यसरी मनपरि गर्न कसैलाई पनि छुट छैन। मन्त्री बास्काेटाले मन्त्रालय अन्तरगत रहेका सबै विभागका कर्मचारीलार्इ कानून अनुसार अा-अाफ्नाे काम निर्देशन दिएका छन्।

 

सञ्चारकर्मी रवि लामिछानेसँग दोस्रो बिहे गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार मन्त्रालयले बर्खास्त गर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा नै उपस्थित हुने आइतबार बोलाइएको चौमासिक बैठकलाई पौडेलले बेवास्ता गर्दै जिम्मेवारीअनुसार उपस्थिति जनाएकी थिइनन् ।

 

मन्त्री बास्कोटाले पौडेलसँग कडा स्पष्टीकरण सोधेर पदच्युत गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका हुन् । चौमासिक समिक्षा बैठकमा बोर्डको प्रगति विवरण प्रस्तुत गर्ने जिम्मेवारी पौडेलको थियो ।

उक्त विषय उठेपछि मन्त्री बास्कोटाले निकिताको उपस्थिति नदेखेपछि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई सोधेका थिए,‘बोर्ड अध्यक्षलाई खबर थिएन ? भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिनु पर्ने, हैन भने स्पष्टिकरण सोधेर गोरखापत्रमा जस्तै पदबाट हटाउन पर्यो । अदालत गए जान्छन् । तर सँधै यसरी मनपरी गर्न पाउँदैनन् ।’

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको