सरकारबाटै संघीयताविरोधी काम भइरहेको छः शर्मा



हाम्रो इकोनोमि

 

नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको बताएका छन् । राजधानीमा आइतबार  नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्रीसमेत रहेका  शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको आरोप समेत लगाए ।

 

उनले भने, ‘प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने ? प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने ? यो जे भइरहेको छ। राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको छ। संघीयताविरोधीको मिलेमतोमा भइरहेको यो कुरा मानिदैँन।’

 

उनले एकताअघिसम्म भूमिका भए पनि एकतापछि पार्टीमा आफ्नो पनि पहुँच पुग्न नसकेको भन्दै अहिले संघीयताबारे धेरैनै गल्ती हुन खोजेकाले बोल्न बाध्य भएको बताए । शर्माले भने, ‘पार्टी एकता मैले गराएको साँचो कुरा हो। तर  जेठ २ गतेपछि नयाँ संरचना बनेको छ। अहिले त्यहाँ मेरो पनि पहुँच छैन ।’

 

यसअघि सरकारले प्रदेश प्रहरीको परिचालनको अधिकार पनि सीडीओलाई दिने गरी विधेयक ल्याएको थियो।अर्को प्रसंगमा उनले आफ्नो पार्टी निकट कर्मचारीहरूलाई प्रदेश र स्थानीय सरकारमा गएर सेवा गर्न सुझाव दिए।

 

नेकपाको सचिवालय बैठक भेनेजुयलाबारे नेकपाको अडान कायमै

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले भेनेजुएला प्रकरणबारे पार्टीले यसअघि राखेको धारणा नै आधिकारी भएको स्पष्ट पारेको छ ।  बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नीति अनुरुपनै धारणा सार्वजनिक भएको हुँदा त्यसको कुनै खण्डन नभएको बताए ।

 

‘भेनेजुएला बारेमा पार्टीको स्टेटमेन्ट जारी भैसकेको छ । हाम्रो पार्टीको नीति स्पष्ट छ । त्यसबारे भ्रम र गलत प्रचार नर्गन आजको बैठकले आग्रह गरेको छ’,  प्रवक्ता श्रेष्ठले भने,‘ त्यहाँको आन्तरिक मामलामा कसैले हस्तक्षेप नगरोस् । त्यहीँका जनताले नै फैसला गरोस् भन्नेनै पार्टीको आधिकारी धारणा हो ।’ त्यस्तै बैठकले सांगठनिक एकीकरणका काम सचिवालयले नै टुंगाउने निर्णय समेत गरेको छ ।

 

बैठकले स्थायी कमिटी बैठकबाट यसअघि बनेको ९ सदस्यीय कार्यदललाई अहिलेसम्म भएका प्रगतिबारेको प्रतिवेदन मंगलबार सचिवालयलाई बुझाउन निर्देशन दिएको छ ।

 

प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदल कुन अवस्थामा पुगेको छ, अहिलेसम्म जति प्रगति भएको छ, त्यो मंगलबारसम्म सचिवालयमा पेश गर्न भनेका छौँ । त्यसपछि सचिवालयले के गर्ने भनेर छलफल गरी निर्णय गर्छ । र, स्थायी समितीमा पेश गर्छ ।’

 

त्यस्तै आजको बैठकले स्थायी समिति बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्दै अन्तिमरुप दिने र पार्टीको राजनीतिक दस्तावेजलाई पनि छिट्टै प्रकाशित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...