यी हुन् नेपालकै सबैभन्दा भाग्यमानी बाबु छोरी दुवैजना पाइलट, एउटै विमानमा बसेर गर्छन् काम (भिडियो सहित )
कयौँ मानिसमा यस्तो संयोग सायदै मिल्ने गर्छ । जसका बाबु छोरी एउटै हवाईजहाज उडाउने काम गर्छन् ।
सानै उमेरदेखि आफ्नो बाबूको हाउभाउ र कामलाई नियाल्दै आएकी विनोद पुरीको छोरी नेहा पुरी हरेक दिन बाबूले गर्ने क्रियाकलापहरुमा चासो राख्ने गर्थिन् ।
नेहाको यो साहसलाई देखेर अन्दाज गर्न सकिन्छ की उनले बाबू पाइलट भएर हवाइजहाजमा उडेको देख्दा म पनि एक दिन त्यसै गरि उड्ने छु ।
सपना नै लक्ष्य हो । आफ्नो सपनालाई साकार पार्ने अवसर केवल थोरै व्यक्तिले पाउँछन् । आफ्नो बाबू पाइलट भएकै कारण उनले पाएको अवसर चुनौती हुँदै आज साकार बनेको छ । ताकी उनी आज भन्दा ८ वर्ष अगाडी नै पाइलट बनिसकेकी थिइन् । नेहाले लगातार एक वर्ष फिलिपिन्समा बसेर पाइलटको तालिम पुरा गरेर २०६७ सालमा बाबूले नै काम गरेको अग्नि एयरको विमानमा काम सुरु गरिन् । नेपालमा नयाँ पाइलटले निकै दुर्लभ मानिएको बेला नेहाले सिजलै काम पाइन् । उनका बाबू दिनेश सोही विमानका पाइलट थिए ।
जब नेहाले बाल्यकालदेखिको सपना पुरा गरेको त्यो दिन सबैभन्दा महत्वपूर्ण रह्यो । नेहा भन्छिन्, ‘पहिलो पटक नेपाल आएर बाबूसँगै विमान उडाउँन पाउँदा म मा खुसीको सिमा नै थिएन् ।
मेरो सपना पुरा गरेको त्यो पल कहिले काँही आइरहन्छ ।’ नेहाले व्यवसायिक रुपमा उडान भर्न सुरु गर्दा उनका बाबू इन्स्ट्रक्टर पाइलट थिए ।
दिनेशको काम नै थियो नयाँ विमान भनै आएका पाइलटलाई तालिम दिने । तीनै भाग्यमानी नेहा जसले आफ्नै बाबू बाट व्यवसायिक विमान भर्ने तालिम पाइन् ।


