‘बुलबुल’को मार्मिक लिरिकल गीत रिलिज (भिडियो)



हाम्रो इकोनोमि

 

फिल्म बुलबुलको दोश्रो गीत सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौको भृकुटी मण्डपमा दर्शकमाझ कार्यक्रम गर्दै ‘जाद्रै बस्यो दिल’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

फिल्मकी मुख्य पात्र स्वस्तिमा खड्का प्रस्तुत गीतको

भिडियो हेर्नुस् :

गीतको लिरिकल भिडियोमा स्वस्तिमा सँगै लक्ष्मी वर्देवा, दिपक क्षेत्री र बाल कलाकारको केही झलक देख्न सकिन्छ ।

बुलबुलको सार्वजनिक गीत मार्मिक छ ।

यो मार्मिक गीतमा रजिना रिमालको स्वर, मणिकला पौडेलको शब्द तथा उदय राज पौडेल र उद्गम परियारको संगीत छ ।

बिनोद पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म बुलबुलमा मुकुन स्वस्तिमा, लक्ष्मी, दीपकका साथसाथै मुकुन भुषाल, जोयस पाण्डे, उज्वल अधिकारी, एलिना कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डे लगायतको लगानी रहेको छ । ‘बुलबुल ’का कार्यकारी निर्माता राजाराम दाहाल हुन् । फिल्म फागुन ३ गतेबाट रिलिज हुँदैछ । प्रदर्शन मिति नजिकिएसँगै बुलबुलको प्रचार प्रसार तिव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...