अमेरिका र चीन भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी



 

राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन अन्तिम साता राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जानुहुने भएको छ । महासभामा महिला नेतृत्वको तर्फबाट राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

 

राष्ट्रपति भण्डारी आगामी फागुन २६ मा पाँच दिनका लागि न्यूयोर्क जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । महासभामा राष्ट्रपतिले फागुन २८ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मन्त्रालयले राष्ट्रपति भण्डारीको भ्रमणलाई अमेरिकासँग दुईपक्षीय भ्रमण बनाउन पहल गरिरहेको छ।

 

राष्ट्रसंघीय ७३ औं महासभाकी अध्यक्ष मारिया फेमन्डा स्पिनोसा ग्रेसको निमन्त्रणामा उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । इक्वेडरकी ग्रेस ७३ औं महासभाको सभापति भएदेखि नै महिला सशक्तिकरणसम्बन्धी विशेष सम्मेलन भन्दै विश्वभरका उच्चतहका रहेका महिला नेतृत्वलाई निम्त्याउने बताएअनुरूप नै भण्डारीलाई पनि निमन्त्रणा गर्नुभएको हो ।

शासन र सत्तामा रहेका, सफल उद्यमी, अन्य क्षेत्रमा पनि सफलता चुमेका महिलालाई त्यहाँ भेला गराएर महिला सशक्तिकरणबारे छलफल गराउन लागिएको हो ।

 

राष्ट्रपतिको भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयले कामलाई तीब्रता दिएको छ । सानो टोली लिएर छोटो भ्रमणको रूपमा उहाँ त्यसतर्फ जाने तयारी भइरहेको मन्त्रालय स्रोतको भनाई छ । महासभामा राष्ट्र एवं सरकार प्रमुख रहेका १० भन्दा बढी महिला नेतृ सहभागी हुन लागेको परराष्ट्र अधिकारीले बताए। राष्ट्रपतिले त्यहाँ राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरसलगायत अन्य राष्ट्र एवं सरकार प्रमुखसँग दुईपक्षीय भेटघाट गर्ने तयारी छ।

 

अमेरिका भ्रमण लगत्तै राष्ट्रपति भण्डारीले छिमेकी मित्रराष्ट्र चीनको भ्रमण गर्नुहुने भएको छ । दुई महिनापछि बेइजिङमा हुन लागेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी चीन जानुहुने तय भएको हो । बीआरआई सम्मेलन आगामी अप्रिलमा चीनको राजधानी बेइजिङमा हुँदैछ ।

 

सम्मेलनमा सहभागिताका लागि चिनियाँ राष्ट्रपति सी जीनपिङको निमन्त्रणपत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ । चीनबाट अनौपचारिक रुपमा निमन्त्रण आएलगत्तै परराष्ट्र मन्त्रालयले करिव एक महिना अघिबाटै राष्ट्रपति भण्डारीको भ्रमणको तयारी थालेको थियो । राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रस्रोतको भनाई छ ।

 

चीनले बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन विश्वका अधिकांश मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग द्वीपक्षीय भेटबार्ता गर्नुहुनेछ । सो अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने कार्यक्रम रहेको छ।

 

राष्ट्रपति भण्डारीको भ्रमणबारे परराष्ट्रका अधिकारीहरूले अनौपचारिक पुष्टि गरेका छन्। सरकारी निकायले भने औपचारिक प्रतिक्रिया दिएको छैन। चीनले राष्ट्रपति भण्डारीको भ्रमणलाई निकै महत्व दिएको छ । नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रपति कार्यालय र परराष्ट्रका अधिकारीहरूले राष्ट्रपतिको भ्रमणको तयारी गरिरहेका छन्।

 

राष्ट्रपति भण्डारीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृतका लागि छिट्टै परराष्ट्रले प्रस्ताव गर्ने स्रोतले बतायो। परराष्ट्र मन्त्रालयले भ्रमणलाई दुईपक्षीय बनाउने पहल थालेको छ । बीआरआईमा आफ्नो सहभागिताबारे राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरिसक्नुभएको छ ।

 

बीआरआई चिनियाँ राष्ट्रपति सीले अघि बढाएको महत्वाकांक्षी विकास परियोजना हो। बीआरआईको सदस्य राष्ट्र भए पनि नेपालले यसका लागि स्पष्ट परियोजना दिन सकेको छैन। सन् २०१७ मे १४ र १५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा बीआरआईको पहिलो अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गर्नुभएको थियो।

 

पहिलो सम्मेलनमा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत मन्त्रीहरूले सहभागिता जनाउनु भएको थियो । तत्कालीन परराष्ट्रमन्त्री महराले हस्ताक्षर गरेपछि नेपाल औपचारिक रूपमा बीआरआईको सदस्य राष्ट्र बनेको थियो।

 

बीआरआई चिनियाँ राष्ट्रपति सीले अघि बढाएको महत्वाकांक्षी विकास परियोजना हो। बीआरआईको सदस्य राष्ट्र भए पनि नेपालले यसका लागि स्पष्ट परियोजना दिन सकेको छैन। सन् २०१७ मे १४ र १५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा बीआरआईको पहिलो अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गर्नुभएको थियो।

 

पहिलो सम्मेलनमा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत मन्त्रीहरूले सहभागिता जनाउनु भएको थियो । तत्कालीन परराष्ट्रमन्त्री महराले हस्ताक्षर गरेपछि नेपाल औपचारिक रूपमा बीआरआईको सदस्य राष्ट्र बनेको थियो।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही