मन्त्रीका प्रिय मित्रको सिंगापुर यात्रा बहाना मेलम्ची, उद्देश्य मोजमस्ती !!



हाम्रो इकोनोमि

 

बहुचर्चित मेलम्ची खानेपानी आयोजना निमार्ण गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसीलाई सबै विवादहरुको अन्त्य गर्दै काममा फर्किन  सरकारी पक्षबाट औपचारिक र अनौपचारिकरुपमा अनुरोध गर्दा पनि केही निष्कर्ष निस्केको छैन ।

 

एकतर्फी सम्झौता उलंघन गरी बसेको ठेकेदार कम्पनी सीएमसीलाई सरकारीतर्फबाट कतिपयले फकाए, कतिपयले धम्क्याए तर पनि कम्पनी टसमस भएको छैन । काममा फर्किने छाँट छैन । मेलम्चीको निमार्णबाट सीएमसीले किन हात झिक्यो भन्ने प्रश्नको सही उत्तर अझसम्म कसैले दिन सकेको छैन । सीएमसीले काम छाडेर बस्ने घटना मेलम्ची र खानेपानी मन्त्रालयका कर्मचारीलाई मोज गर्ने बाहाना बनेको स्रोतको दावी छ ।

सीएमसीलाई फकाउन, सीएमसी काममा नफर्के अर्को ठेकेदार कम्पनी खोज्न वा नेपाली सेनालाई निमार्णको जिम्मा दिन विभिन्न व्यक्ति, संस्थाहरुसंग परामर्श गर्न दैनिक लाखौ रुपैया मनपरी खर्च गरिरहेको खानेपानी मन्त्रालय श्रोतले बताएको छ ।

यसै सन्दर्भमा खानेपानी मन्त्री विना मगरले आफ्ना प्रिय मित्र तथा स्वकीय अधिकृत विजयदेव भट्टराईको नेतृत्वमा तीन जनाको टिमलाई माघ १८ गते शुक्रबार राती  सिंगापुर पठाएकी छिन ।   भट्टराईसंग सिंगापुर जाने अन्य दुई जनामा मन्त्री विनाका निजी सचिव गुणराज श्रेष्ठ र मेलम्ची खानेपानी आयोजनाका उपनिर्देशक भोज विक्रम राणा छन । मेलम्चीको ठेकेदार कम्पनी सीएमसीलाई काममा फर्काउनका लागि सीएमसीका अधिकारीहरुसंग वार्ता गर्न टोली सिंगापुर गएको मन्त्रालय श्रोतले बतायो ।

सीएमसीसंग बार्ता गर्न भनेर मन्त्रालयको खर्चमा सिंगापुर गएपनि त्यहाँ त्यस्तो कुनै बार्ता नहुने मन्त्रालयका एक जना कर्मचारीले दाबी गरे । उनले भने “बार्ता बहाना मात्र हो खासमा मन्त्रीज्यूले घुमफिर गर्न पठाएकी हुन । स्वकीय अधिकृत विजयदेव भट्टराई मन्त्रीका प्रिय मित्र भएकाले उनलाई मनोरञ्जन गर्न पठाएको ती कर्मचारीको भनाई छ ।

 

हुन  पनि सीएमसीलाई काममा फर्काउन सरकारको आवश्यक संयन्त्र लागेर त केही उपाए लागिरहेको छैन । स्वकीय अधिकृत भट्टराईको नेतृत्वमा रहेको टिमले गरेको बार्ताले सीएमसी काममा फर्केला भन्ने कुरा मन्त्रालयमा कसैलाई पनि विश्वास नलागेको खानेपानी मन्त्रालयका उच्च अधिकारीहरुको भनाई छ ।

एक बर्षमा लाखौ रुपैया खातामा

खानेपानी मन्त्रालयमा आतंक मच्चाइरहेका मन्त्री विनाका स्वकीय अधिकृत विजयदेव भट्टराईकोजीवन शैली अस्वाभाविक रुपमा  बृध्दि भएको स्रोत बताउछ । स्वकीय अधिकृत भट्टराईले कर्मचारी सरुवामा व्यापक रुपमा  चलखेल गर्ने  गरेको, मेलम्चीलगायतका खानेपानी विभाग सम्बद्ध साना ठूला ठेक्कापट्टाहरुबाट पेलेर कमिसन लिने गरेको मन्त्रालयका कर्मचारीहरु बताउछन ।

गत महिना मन्त्रालय अन्तर्गत प्रदेश र संघका विभाग तथा कार्यालयहरुमा कर्मचारीको सरुवा गर्दा स्वकीय अधिकृत भट्टराईले नेकपा निकट कर्मचारीहरुलाई राम्रो ठाँउमा अवसर नदिई कांग्रेस र अन्य दल निकट कर्मचारीहरुबाट शुभलाभ लिएर सरुवा गरेकोमा नेकपा निकट कर्मचारीहरु रुष्ट भएको खबर छ । नेकपा निकटका कर्मचारीसंग सरुवा बापतको रकम मागे पोल खुल्ने डरले नेकपा निकट कर्मचारीहरुलाई पेलेको आरोप भट्टराई माथि लाग्ने गरेको छ ।

मन्त्री विनाको स्वकीय अधिकृतमा नियुक्त हुनु अघि  आर्थिक अवस्था कमजोर भएका भट्टराईको एक बर्ष भित्र बैक ब्यालेन्स मात्र लाखौ रुपैया देखिएको मन्त्रालयका कर्मचारी बताउछन ।  मन्त्रालयबाट मासिक रुपमा करिब ३० हजार रुपैया पारिश्रमिक पाउने भट्टराईका एमएमबी, इन्भेष्टमेन्ट र एभरेष्ट लगायत आधा दर्जन बैंकमा रकम जम्मा रहेको श्रोतको दाबी छ ।

 

इन्भेष्टमेन्ट बैंकको बबरमहल शाखामा मात्र उनको खाता नम्बर ००१२०६००११४३९३०००००१ मा ५ लाख २५ हजार १ सय रुपैया ब्यालेन्स देखिएको छ । महिनाको ३० हजार रुपैया पारिश्रमिक पाउने मानिसले कोठा भाडामा कति रकम खर्च गर्छ होला, खाना र अन्य आवश्यकीय कुरामा कति खर्च हुन्छ होला भनेर खानेपानी मन्त्रालयमा चर्चा चल्ने गरेको छ ।

 

स्वकीय अधिकृत भएयता भट्टराईको आर्थिक हैसियत एक्कासी बढेकोमा उनका चिनेजानेकाहरुनै आश्चर्यमा परेका छन । मन्त्रालयका केही कर्मचारीले उनको अस्वभाविक आर्थिक हैसियतको छानबिन हुनुपर्ने चर्चा गर्न थालेका छन ।

गएको दशै अघि जनकपुरकी कन्या जेनु दाहाललाई दोश्रो स्वास्नीका रुपमा भित्र्याएका भट्टराईले दोश्रो विवाहको उपलक्ष्यमा ५० लाख रुपैया भन्दा बढी खर्च गरेर बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा भव्य पार्टी दिएका थिए । विवाह तथा भोजको सम्पूर्ण खर्च भट्टराईले खानेपानी मन्त्रालयका विभाग तथा आयोजनाबाट दामासाहीका रुपमा उठाएको कर्मचारीहरु बताउछन ।

 

जनकपुरकी कलिली कन्यामाथि आखाँ लगाएका भट्टराईले जेठी श्रीमती  काठमाण्डौकी अनिता पण्डितलाई मानसिक तनाव दिएर सम्बन्ध विच्छेद गर्न बाध्य पारेकोमा समकालीन विद्यार्थी नेताहरु समेत भट्टराईसंग रिसाएका थिए । जेठी श्रीमती  सुनिता एकताका अनेरास्ववियू क्रान्तिकारीकी जिल्ला स्तरीय नेता समेत थिइन ।

भट्टराईका कारण मन्त्रीको सचिवालयमा आउने कर्मचारीहरु टिक्ने गरेका छैनन ।  भट्टराइले मन्त्रालयले उपलब्ध गराएको बा २ च ३७३१ नम्बरको गाडी दुर्घटना गरेर क्षतिग्रस्त पारेकोमा विवादमा आएका थिए ।  उनले मन्त्रालय अन्तर्गतका विभाग र आयोजनबाट मासिक रुपमा पेट्रोल र डिजल गरी पाँच सय लिटर लिने गरेको खुलेको छ । उक्त पेट्रोलका केही कुपन साथीभाईलाई बाँड्ने  गरेको मन्त्रालयका कर्मचारीहरु बताउछन । साँघुन्यूज डटकमबाट

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...