दलाई लामासँग गुप्त सम्पर्क राखेको आरोपमा ३ चिनीयाँ अधिकारी बर्खास्त
चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले तिब्बती आध्यात्मिक नेता दलाई लामासँग गुप्त सम्पर्क राखेको आरोपमा शनिबार ३ पदाधिकारीलाई बर्खास्त गरेको छ ।
त्यस्तै १० जना पदाधिकारीहरुलाई भने कडा चेतावनी दिइएको छ । तिब्बतको प्रान्तीय सरकारले एक भिडियो जारी गरेको छ, जसमा कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) का स्थानीय अधिकारीहरुले धार्मिक कार्यक्रममा हिस्सा लिएको खुलासा गरिएको छ । यसले गर्दा पार्टीको नास्तिकता पालना गर्ने विचारधाराको उल्लंघन भएको मानिएको छ ।
ग्लोबल टाइम्सको खबर अनुसार, उक्त भिडियोको २८ देखि ३१ जनवरीको बीच ४ एपिसोडमा तिब्बत च्यानलमा प्रसारित गरिएको थियो । (एजेन्सी)
डोनाल्ड ट्रम्पले भने नेपाल र भुटान भारतीय भुभाग हो
अमेरिकी मामलाविरुद्ध नेपाल सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भेनेजुएला प्रकरणबारे चर्चा चलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पलाई नेपाल भन्ने देशै थाह नभएको चर्चा चलेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भुभाग ठान्ने गरेको सार्वजनिक भएको छ। गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भुभाग भनेको अमेरिकाको चर्चित म्यागेजिन ‘टाइम’ ले जनाएको छ।
गुप्तचर संस्थाहरूसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
चर्चित अमेरिकी म्यागेजिन ‘टाइम’ ले गुप्तचर निकायसँगको ब्रिफिङका क्रममा टम्पलाई अधिकारीहरूले नेपाल र भुटान स्वतन्त्र मुलुक रहेको सम्झाएको उल्लेख गरेको छ। दक्षिण एसियाबारेको ब्रिफिङका क्रममा ट्रम्पका सल्लाहकारले अफगानिस्तानदेखि बंगादेशसम्मको क्षेत्रको नक्सा देखाएका थिए।
उक्त ब्रिफिङमै उपस्थित रहेका तथा त्यसका बारेमा जानकार रहेका अधिकारीहरू तथा त्यहाँको संसद (कंग्रेस) सदस्यलाई उद्धृत गर्दै टाइम लेख्छ- ‘ट्रम्पले नक्सातिर देखाए र भने कि नेपाल भारतकै भुभाग हो। त्यसपछि उनलाई अधिकारीहरूले नेपाल स्वतन्त्र मुलुक रहेको सम्झाए। जब अधिकारीहरूले भुटान त तपाईँलाई थाहा छ नि भन्दै देखाए, फेरि उनले भने कि भुटान पनि भारतकै भुभाग हो। त्यसपछि उनलाई ब्रिफिङ गरेकाहरूले भने, ‘भुटान पनि स्वतन्त्र देश हो।’
यसअघि पनि उनले नेपाललाई ‘निप्पल’ भनेको सार्वजनिक भइसकेको छ। सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्दर मोदीसँग भेट्नु अघि भएको ब्रिफिङमा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ उच्चारण गरेको पोलिटिको म्यागेजिनले सार्वजनिक गरेको थियो।
आधिकारिक स्रोतलाई उल्लेख नगरे पनि ट्रम्पले नेपाल भारतको एउटा पाटो भएको भनेको टाइम म्यागेजिनले उल्लेख गरेको छ । तर, नेपाल स्वतन्त्र राष्ट्र भएको जानकारी सचिवालयले नक्सा देखाउँदै भनेपछि छिमेकी ‘भुटान’चाहिँ भारतको पाटो भएको बयान ट्रम्पले दिएको बताइएको छ ।
दक्षिण एसीयामा अमेरिकाले विशेष चासो दिएका बेला राष्ट्रपति ट्रम्पले नक्सा मगाएर हेरेका थिए । जबकि, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र संघको महासभामा पुगेका बेला ट्रम्प दम्पत्तीसँग भेटमात्र गरेका थिएनन्, नेपालको सरकार प्रमूखका हैसियतमा सम्बोधन पनि गरेका थिए ।
त्यसो त ‘पोलिटिको’ भन्ने म्यागेजिनले दुई बर्ष अघि गरेको रिपोर्टलाई आधार मान्ने हो भने ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेको समाचार प्रकाशन गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्ताका क्रममा नै ट्रम्पले त्यसो भनेको विवरणहरूमा उल्लेख थियो ।
विभिन्न विवादीत बयान दिएका कारण ट्रम्प चर्चामा आउने गरेका छन् । ट्रम्पले हालै भने नेपाललाई महत्वका साथ लिएको बताइएको छ । भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्ति, नेपाल सरकारको धारणालाई ट्रम्पले चासोका साथ लिएको बताइन्छ ।
दक्षिण एसीया र हिन्द महासागर क्षेत्रमा अमेरिकाले विस्तार गरेको नयाँ नीति, चीनसँगको प्रतिस्पर्धामा तिव्रता दिएका कारण नेपाललाई ट्रम्पले महत्वका साथ हेरेको बताइन्छ ।