भेनेजुएला प्रकरणमा नेकपा राष्ट्रपति मदुरो र कांग्रेस अमेरिकाको पक्षमा



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएलामा सडकबाटै अन्तरिम सरकार प्रमुख दावी गरेका विपक्षी नेतालाई समर्थन गरेको संयुक्त राज्य अमेरिकाको पक्ष लिएको छ।

 

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको राजनीतिक घटनाक्रम प्रकरणमा सत्तारुढ नेकपा र सरकारले भेनेजुएलाको पक्ष लिइरहँदा नेपाली कांग्रेसले अमेरिकाको पक्ष लिएको हो।

अमेरिकाले विपक्षी दलका नेता हुवाँ गुइदोलाई समर्थन गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्वाचित राष्ट्रपति निकोलस मदुरोलाई समर्थन गरेका थिए।

 

आफूलाई अन्तरिम राष्ट्रपति दावी गरेका गुइदोलाई अमेरिकाले समर्थन गरेपछि ११ माघमा पार्टीको तर्फबाट विज्ञप्ती जारी गर्दै प्रचण्डले निर्वाचित राष्ट्रपति मदुरोप्रति समर्थन जनाएका थिए।

पार्टीको लेटरप्याड प्रयोग गरी जारी विज्ञप्तीमा अमेरिकी कदमलाई प्रचण्डले ‘साम्राज्यवादी हस्तक्षेप’ करार गर्दै त्यसको विरोध पनि गरेका थिए।

 

प्रचण्डको विज्ञप्तीप्रति असन्तुष्टि जनाउँदै अमेरिकाले नेपाल सरकारसँग स्पष्टिकरण माग गरेपछि १५ माघमा परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै भेनेजुएलाको आन्तरिक मामिलामा त्यहीँका जनताले निर्णय गर्न पाउनुपर्ने बताएको थियो।

 

प्रचण्डकै विज्ञप्तीमा जस्तै भाषा प्रकट नगरिएपनि परराष्ट्र मन्त्रालयको विज्ञप्ती र प्रचण्डको विज्ञप्ती दुबैले अमेरिकी कदमको प्रत्यक्ष/अप्रत्यक्ष विरोध गरेका थिए।

 

अमेरिकी अधिकारीहरुले सरकार र सत्तारुढ नेकपाले भेनेजुएला प्रकरणका सन्दर्भमा जारी गरेको विज्ञप्तीप्रति असन्तुष्टि जनाइरहँदा नेपाली कांग्रेसले यस प्रकरणमा अमेरिकाको पक्ष लिएको छ।

 

पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नेकपा र सरकारको विज्ञप्ती असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन ठहर गर्दै त्यसप्रति आपत्ति प्रकट गरेको हो।

 

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका कांग्रेस सभापति देउवाको सभापतित्वमा बसेको बैठक लगत्तै प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गरेको विज्ञप्तीमा अमेरिकाले आज पनि हाम्रो मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माणमा अत्यन्त उल्लेखनीय सहयोग गरिरहेको उल्लेख छ।

 

‘अमेरिकाद्वारा मिलेनियम च्यालेन्ज कर्पाेरेशन अनुदानमार्फत भौतिक पूर्वाधार विशेषत विद्युत लाइन निर्माणका लागि निकै नै ठूलो राशी नेपाललाई प्राप्त छ’ भेनेजुएला प्रकरणमा अमेरिकी पक्ष लिन जारी गरिएको विज्ञप्तीको पृष्ठभूमिमा भनिएको छ, ‘आगामी दिनमा पनि नेपालको आर्थिक विकास, त्यसका लागि आवस्यक आर्थिक र कुटनीतिक सहयोगका क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सकरात्मक भूमिका महत्वपूर्ण रहनेछ।’

 

विज्ञप्तीमा भनिएको छ, ‘यस परिप्रेक्ष्यमा नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुएलाको राजनीतिक घटनाक्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ती अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ।’

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...