भरतपुरमा धुर्मुस-सुन्तलीको भव्य स्वागत, मेयर उमपेयर नै स्वागतमा



 

भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत गरिएको छ। उनको स्वागतमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारीहरू र सामाजिक संस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए।

 

भरतपुर विमानस्थलदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल रामपुरसम्म उनीहरूलाई राष्ट्रिय झण्डा राखिएको गाडीमा यात्रा गराइएको थियो। महानगरका प्रमुख उपप्रमुख पनि उनीहरूसँगै गाडीमा थिए। उनीहरूको स्वागतका लागि महानगरपालिकाले तारतम्य मिलाएको थियो भने स्थानीयवासीहरू पनि स्वतःस्फुर्त उपस्थित भएका थिए।

 

उनीहरूको स्वागतमा बाटोमा पानीका घडाहरू राखिएको थियो भने सामाजिक संस्थाहरू र स्थानीयवासीले ब्यानरसहित र्‍याली गरेका थिए। बाजागाज र भजन पनि सडकमा देखिएको थियो।

आज रंगशाला निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको घोषणा हुनेछ भने रंगशाला निर्माणस्थलमा बोर्ड पनि राखिनेछ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ। त्यसका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने घोषणा यसअघि नै गरेको छ।

हेर्नुस् स्वागतका फोटोहरूः

प्रतिक्रिया दिनुहोस
माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

    उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्