कति उठ्छ नेकपाको मासिक लेबी, कहाँ कहाँ हुन्छ खर्च



हाम्रो इकोनोमि

 

पाल कम्युनिस्ट पार्टी (नेकपा) मा विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहेका सांसदहरूले बुझाइरहेको लेवी अब एउटै संयुक्त खातामा बुझाउने भएका छन् ।

 

एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकीकरण भएर नेकपा भएयता पनि ती दलका सांसदहरूले आआफ्नै पूर्व पार्टीमा लेवी बुझाउँदै आएका थिए । पार्टीले हालसम्म संयुक्त खाता नदिएका कारण छुट्टाछुट्टै लेवी बुझाइरहेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेकपाको संसदीय दलबाट एउटा संयुक्त खाता माग भएको छ, । खाता पठाउने वित्तिकै दलका सम्पूर्ण सांसदको लेवी एउटै खातामा जान्छ ।”

 

पार्टीका शीर्ष नेतासँग पनि यस विषयमा छलफल भइरहेको बताउँदै गुरुङ्ले एकीकृत पार्टीको खाता चाँडै आउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । पार्टी एकीकृत भए पनि दुईवटै पार्टीको लेवी फरक फरक रहेको छ । अहिले पूर्वएमालेका प्रतिनिधिसभाका सांसदले मासिक रु. १३ हजार र मन्त्रीले रु। १५ हजार लेबी बुझाउँदै आएका छन् ।

 

त्यस्तै, पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभाका सांसदले मासिक रु. १२ हजार र मन्त्रीले रु. १५ हजार बुझाउने गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिनुभयो । एउटै खातामा जान थालेपछि लेबीमा पनि एकरूपता हुने सचेतक गुरुङले बताउनुभयो । सांसद तथा मन्त्रीको लेबी संसद् सचिवालयको लेखाबाट नै काटिन्छ ।

 

सचेतक गुरुङका अनुसार सांसदले पाउने मासिक तलब र अन्य सुविधा दिँदा संसद् सचिवालयको लेखा शाखाले लेबी काटेर दिने गरेको छ । त्यो लेबी पार्टीको खातामा जम्मा गर्ने गरिएको छ । प्रतिनिधिसभाको चुनाव सम्पन्न भएपछि पार्टीले सांसदहरूको नामावली पठाएर तोकेको रकम अनुसार लेबी काट्न आग्रह गरेपछि लेखाले सोही अनुसार कटाएर दिने गरेको उहाँले जानकारी दिनुभयो ।

 

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले लेबी एउटै खाता बनाउने प्रक्रिया शुरु भएको तर सङ्गठनको तल्लो तहसम्म एकीकरण टुङ्गो नलागेका कारण ढिलाइ भएको बताउनुभयो ।  “हाललाई छुट्टा छुट्टै खाताबाट कारोबार भइरहेको छ,’’ उहाँले भन्नुभयो, संयुक्त खाता चाँडै नै खुल्छ ।”

 

पार्टीको तर्फबाट प्रधानमन्त्री, मन्त्री, सांसद, केन्द्रीय तहको राजनीतिक नियुक्ति, मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद, प्रदेश तहको राजनीतिक नियुक्ति, विभिन्न तहका जनप्रतिनिधि र हरेक राजनीतिक नियुक्ति लिएका व्यक्तिले लेबी बुझाउनुपर्ने नेकपाको विधानमा उल्लेख छ । पूर्वएमालेतर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरी १४८ सांसद छन् भने पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ६६ जना सांसद छन् । एकीकरणपछि नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी कुल २१४ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...