मालपोत कार्यालयका नासु ढकबहादुर कार्की घुससहित रंगेहात पक्राउ



हाम्रो इकोनोमि

 

मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा १० हजार रकमसहित पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।

उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिवास कार्यालयले जनाएको छ । पक्राउ परेका नासु कार्की केही महीना अगाडि महोत्तरीस्थित मालपोत कार्यालयमा सरुवा भई आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...