गगन थापाले भने- नेविसंघले सरकारी गाडी जलाउनु राम्रो होईन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । नेविसंघका पूर्व नेतासमेत रहेका थापाले यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् ।

 

सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ ।  जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको भन्दै सामाजिक सन्जालमा पनि नेविसंघको आलोचना भइरहेको छ ।

आइतबार नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘…त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’

Gagan Thapa

नेविसंघकाे नाममा केही “विद्यार्थीले” सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हाे, भनेर थुप्रै साथीहरूकाे प्रश्र रहेछ।
किन्तु,परन्तु केही नलगाई मेराे उत्तर ; त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्ताे कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।

नेविसंघका कार्यकर्ताहरुले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए ।

 

नेविसंघका कार्यकर्ताले काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्यालको गाडी नियन्त्रणमा लिएका थिए । यसैगरी सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिवको गाडी पनि उनीहरुले नियन्त्रणमा लिएका थिए । सरकारी कर्मचारीहरुले सार्वजनिक विदाको दिन सम्बन्धित कार्यालयबाट पास लिएर मात्र सरकारी गाडी चलाउनुपर्ने व्यवस्था छ ।

 

गोविन्द केसीको अनशनसँगै सकियो कांग्रेसको आन्दोलन, आजदेखि संसदको अबरोध हट्ने

 

नेपाल विद्यार्थी संघका पूर्व नेता समेत रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीको अनशनसँगै कांग्रेसको आन्दोलन पनि सकिएको छ । केसीको माग पूरा गर्नुपर्ने नाममा संसद बैठकमा अबरोध गर्दै आएको कांग्रेसले अाफ्नै पहलमा केसीको अनशन तोडाएपछि संसदको अबरोध हटाउने निर्णय लिएको हो ।

आइतबार  दिउँसो ३ बजे बस्ने संसदको बैठकमा कांग्रेस सभापति समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बाेधन गर्ने र बैठकमा गरिएको अबरोध अन्त्य गर्ने निर्णय भएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए । कांग्रेसले सरकारविरूद्धको रणनीति तय गर्न आजै संसदीय दलको बैठक पनि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...